गोरखा , वैशाख १५
गोरखा,
शहिदलखन गा.पा. वडा नं.१ बक्राङ मा चट्याङ बाट एक जनाको मृत्यु भएको छ।
४२ वर्षीय राजु खनाल घरमा बसी रहेको अवस्थमा चट्याङ लागि बेहोस भएको र उक्त घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय मनकामना गोरखाबाट प्रहरी टोली खटिई गएको, घाईते राजु खनाललाई उपचारको लागि प्रदेश अस्पताल गोरखा पठाएको थियो। राती करीब १०:४० बजेको समयमा अस्पतालमा ल्याई चेकजाँच गर्दा चिकित्सकले मृत घोषणा गरेको बताइएको छ। मृत लाश पोष्टमार्टमको लागि शवगृहमा राखिएको, उल्लेखित घटनाको थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

म
