फागुन महिनाको उत्कृष्ट प्रहरीमा प्रहरी नायव निरीक्षक मिलन पन्थ पुरस्कृत

गोरखा

गोर्खा जिल्लाको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मिलन पन्थ फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।

जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्ला भित्रमा कार्यरत प्रहरी कर्मचारी मध्ये उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप हरेक महिना एक जनालाई best police of the month बाट  निरन्तर पुरस्कृत र सम्मान गर्ने गरेको छ । र
प्रहरी नायव निरीक्षक पन्थलाई प्रहरी संगठनको नीति निर्देशन बमोजिम आफूलाई तोकिएको जिम्मेवारी तथा पदिय दायित्वलाई इमान्दार, बफादार, कर्तव्य निष्ठताका साथ उच्च अनुशासनमा रही उत्कृष्ट ढंगबाट कार्य सम्पादन गर्नुको साथै यस कार्यालयको वडा एरिया अन्तर्गतमा घटेका विभिन्न प्रकृतिका अपराधहरुमा तदारुकताका साथ खटिई गई घटनाहरुको सुक्ष्म रुपमा अनुसन्धान गरी अपराध अनुसन्धानलाई प्रमाणमुखी बनाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै आम जनसमुदायमा प्रहरी प्रतिको छवि सकारात्मक बनाउने तर्फ सदैव प्रयत्नशिल रहेकोले best police of the month घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ ।
चैत्र महिनाको ११ गते एक कार्यक्रमका बीच निजलाई जिल्ला प्रहरी कार्यालय गोरखाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले प्रोत्साहन स्वरुप अभिलेखमा जनिने गरी नगद पुरस्कार सहित पुरस्कृत गरिएको थियो।
Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.