जन्मदिनको अवसरमा चितवनका व्यवसायी मल्लिकले गरे गोरखाका कुमाललाई व्हीलचेयर सहयोग


गोरखा माघ ८ गते
भरतपुर महानगरपालिका अन्तर्गत चितवनको नारायणगढमा अटोमोबाइल व्यवसाय गर्दै आएका सन्तोष मल्लिकले आफ्नो जन्मदिनको अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली का डिलबहादुर कुमाललाई एक थान विलचेयर हस्तान्तरण गर्नुभएको छ।
जन्मदिन मनाउने क्रममा हिजो आज विभिन्न प्रकारका फजुल खर्च गर्ने परम्परा बढिरहेको अवस्थामा उहाँले महान पुण्य कर्म गर्नुभएको छ। कुमाल विगत केही वर्षदेखि प्यारालाइसिसका कारण हिँडडुल गर्न नसक्ने अवस्थामा हुनुहुन्छ यसअघि उहाँ नगरपालिका भित्र कृषि प्राविधिक रूपमा रहेर काम गर्नुभएको थियो। सँगसँगै काम गरेका साथी कुमाललाई भेट्न जानुभएका तत्कालीन समयका स्रोत व्यक्ति एवं हाल एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सचिव रामकाजी अधिकारी सँगको भेटको क्रममा कुमालले आफूलाई ह्हीलचेयर आवश्यक भएको बताएपछि उहाँले साथीहरुसँग कुरा राख्नुभएको थियो। त्यसपछि अधिकारीले आफ्नो पुराना साथी हाल चितवनमा रहनुभएका लायन्स क्लब अफ चितवन सेन्ट्रलका पूर्व गवर्नर रामप्रसाद भट्टसँग कुराकानी गर्नुभयो। आफ्नो जन्मदिनको अवसरमा पुण्यकाम गर्न उत्सुक रहनुभएका मल्लिकलाई भट्टले उक्त कुराको जानकारी गराएपछि तत्कालै उहाँले सहयोग गर्ने प्रतिबद्धता जनाएर पालुङटार वडा नम्बर ७ च्याङ्ली स्थित कुमालको निवासमा लायन्स क्लबका वर्तमान प्रेसिडेन्ट कमल उपाध्याय र लायन्सका सदस्य अजामिन ढकाल मोहन केसी सहितका साथीहरुसँगै आइपुग्नुभयो। प्यारालाइसिसका कारण बोल्न र हिडडुल गर्न समेत नसक्ने अवस्थामा पुग्नुभएका कुमाललाई विलचेयर हस्तान्तरण गर्न पाउँदा आफू अत्यन्तै खुसी भएको र यस्तो अवसर जुटाइदिएकोमा रामकाजी अधिकारीप्रति आभार समेत व्यक्त गर्नुभयो च्याङ्ली सामुदायिक सिकाई केन्द्रका अध्यक्ष डा.रविन्द्र कडेलले पनि आफ्नो वडामा आएर गर्नुभएको यस्तो पुण्य कामप्रति मल्लिकलाई आभार व्यक्त गर्दै जन्मदिनको शुभकामना समेत ब्यक्त गर्नुभएको थियो। ह्विलचेयर नहुँदा ओछ्यानमा मात्रै थलिनु परेको बताउनुभएका कुमाल विलचेयर पाएपछि कमाल बोल्न नसके पनि मुहारमा निकै खुसी छाएको थियो।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.