राजेन्द्र न्यौपाने
गोरखा ११ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गठबन्धनको सरकार पाँच वर्ष कायम रहने बताउनुभएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज आयोजित स्थानीय सरकार, सरोकारवालासँग प्रधानमन्त्री कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सरकार सञ्चालन भएको एक वर्ष नपुग्दा स्थापित दलहरुलाई विभिन्न आरोप लगाउँदै विभिन्न हर्कत भइरहेको र हामी सबै मिलेर त्यसको प्रतिवाद गर्नुपर्ने बताउनुभयो ।
मँसिरको पहिलो हप्ता भएको होहल्ला सरकारले धैर्यता र दृढताका साथ विफल तुल्याएको उहाँको भनाई छ । गठबन्धन सरकारले एक वर्षमा गरेका कामहरु गर्व गर्न लायक भएको बताउँदै बाँकी चार वर्षमा अझै धेरै काम गर्ने बताउनुभयो ।
आफू गोरखा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को जनप्रतिनिधि भएको नाताले पनि चार वर्ष भित्र यस क्षेत्रका मुख्य सडकहरु कालोपत्रे गर्ने उहाँको भनाइ थियो ।
नेकपा माओवादी केन्द्रका पार्टी अध्यक्ष समेत रहनुभएका दाहालले जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको क्रममा बारपाक सुलिकोट गाउँपालिकाको वडा बैठकलाई समेत सम्बोधन गर्नुभएको थियो । दाहालले बैठक पछि सहिद वेपत्ता परिवारजनसँग भेटघाट समेत गर्नुभएको थियो ।
पर्यटन व्यवसायमा कोशेढुङ्गा साबित हुँदै बन्दीपुर केवलकार
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार सञ्चालनमा आएपछि चलपहल बढेको छ। गत जेठ ३१ गतेदेखि केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएपछि केबलकार चढ्न चहलपहल बढेको हो।बन्दीपुर केबलकार