लिगलिगे दाैड २०८० काे उपाधी नेपाली सेनाका रावतले जिते

त्यस्तै नेपाली सेनाकै नरेन्द्रसिं रावत ५६ मिनेट ५३ सेकेन्डमा निर्धारित दूरी पार गर्दै दोस्रो बने । ५८ मिनेट ३५ सेकेन्डमा निर्धारित दूरी पार गदै अनिश थापा तेस्रो, ५८ मिनेट ५४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै मोहनदेव जोशी चौथो बनेका छन् ।

कोरोनापछि लगातार तीन वर्ष रोकिएको लिगलिगे दौडले यस वर्षदेखि निरन्तरता पाएको हो । बुधबार भएको प्रतियोगितामा ७० जना धावकले सहभागिता रहेका थियो । विजेतालाई वाजागाजासहित सम्मान गर्ने कार्यक्रम पनि तय भएको छ । उद्घाटन समारोह केही बेरमा चल्दै छ ।

पालुङटार नगरपालिका–५ स्थित चेपे दोभानबाट लिगलिगकोटसम्मको १३.८ किलोमिटर दूरीमा भएको प्रतियोगितामा पहिलो हुने प्रतियोगीले एक लाख रुपैयाँ पाउने लिगलिगकोट विकास अभियानका अधयक्ष सञ्जीव रानाले जानकारी दिए । दोस्रो हुनेलाई ५० हजार, तेस्रो हुनेलाई २५ हजार, चौथोलाई १५ हजार र पाँचौँलाई १० हजार नगद पुरस्कार वितरण गरिने छ । यस वर्ष खुल्ला विद्यार्थी र स्थानीय गरी तीन विधामा प्रतियोगिता आयोजना भएको अध्यक्ष रानाले बताए ।                                                         kantipur bata

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.