दमक/
झापाको दमकमा निर्माणाधिन भ्यू टावरमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा भ्यू टावरमा नै काम गर्ने एक ईलोक्ट्रोसियन रहेको जनाईएको छ । बारा घर भएका ३२ बर्षिय ईलोक्ट्रोसियनको करेन्ट लागेर मृत्यु भएको र आफन्तले शव बुझेर लगेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।