गोरखामा बहु विवाह कसूरको आरोपमा दुई जना पक्राउ परेका छन् ।
भिमसेन थापा गाउँपालिका वडा नं २ का पौवा सुनार बस्तीका २४ वर्षीय ठाकुर सुनार र वडा नं ४ घोप्टो चौतारकी १९ वर्षीय प्रतिमा सुर्खेतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
उनीहरुले गत आइतबार बेलुकी विवाह गरेकी थिइन ।
२५ वर्षीय ममिता सुनारले बहु विवाह कसूर गरेको भनी दिएको जाहेरीका आधारमा उनीहरुलाई बुधबार पक्राउ गरिएको एसपी अनुपम श्रेष्ठले बताए ।
पक्राउ परेका दुवै जना विरुद्ध शुक्रबार बहुविवाह कसुर शीर्षकमा मुद्धा दर्ता भएको छ ।
उनीहरुलाई गोरखा जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमती लिई घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।