गोरखाको पालुङटार नगरपालिकाले अाफ्नाे पालिकाका ख्यातिप्राप्त व्यक्तित्वहरूलाइ सम्मान गरेकाे छ ।
पालुङटार घर भएर बिभिन्न स्थानमा रहेका राष्टिय तथा अन्तराष्टिय रूपमा ख्यातिप्राप्त व्यक्तिहरू यस पालिकाका सम्पदा हुन भन्ने उदेश्यका साथ नगरपालिकाकाे १३ अाैं नगरसभाकाे अवसरमा सम्मान गरिएकाे हाे ।
नगरपालिकाकाे सभाहलमा भएकाे कार्यक्रममा सम्मानित हुनेहरूमा वडा ९ का पत्रकार तथा समाजसेवी राजेन्द्र बानिया, वडा ३ का संगीतकार आलोक श्री, वडा ९ का गजलकार तथा साहित्यकार प्रदिप पाण्डे `रोदन´, वडा नम्बर ३ का चिकित्सक स्व. डा. उपेन्द्र देबकोटाको मरणोपरान्त सम्मान (उहाको धर्म पत्नी मधु दिक्षित देबकोटालाई), वडा नम्बर ५ का साहसिक खेलाडी स्व. निसम थापा मरणोपरान्त सम्मान (उहाको बुबा प्रकास थापालाई) रहेका छन् ।
सम्मानित हुनेहरूलाइ नगर प्रमुख विवश चिन्तन, नगर उप प्रमुख बन्दना पाण्डे तथा गोरखा जिल्ला समनवय समितिका अध्यक्ष मोहन बहादुर थापाले टिका, माला र प्रमाणपत्र दिई सम्मान गर्नु भएको थियाे ।
सम्मानित व्यक्तिहरुले यस पालुङटार नगरपालिकाले आफ्नो माटोमा यसरी सम्मान गरेकोमा खुसि ब्यक्त गरेका थिए ।
नगर प्रमुख चिन्तनको अध्यक्ष्ातामा भएको कार्यक्रममा पालुङटार नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारी, १० वटै वडाका वडा अध्यक्ष, नगर सभा सदस्यहरू, कर्मचारी तथा पत्रकार उपस्थित रहेको थियो । कार्यक्रम योजना शाखाका कर्मचारी धनेन्द्र श्रेष्ठले संचालन गर्नु भएको थियो ।