गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीमा रहेकाे मर्स्याङदी बल्थुम खानेपानीकाे बिशेष साधारणसभा अाज सम्पन्न भएकाे छ । जसबाट गणेशलाल श्रेष्ठकाे अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेकाे छ ।
समितिकाे उपाध्यक्षमा रण बहादुर गुरूङ, सचिवमा राजु कुमाल, सहसचिवमा शुशिला बि.क.र काेषाध्यक्षमा शुशीला श्रेष्ठ रहेका छन् । त्यस्तै गरी समितिकाे सदस्यहरूमा सदस्यहरुमा बिमला श्रेष्ठ, शान्ता कुमाल, सानुमाया खुलाल, भोज वहादुर गुरुङ, बिकास परियार, सम्झना कुमाल र काली बहादुर कुमाल रहेका छन् ।
तत्कालीन रूपमा रहेका अध्यक्ष हित बहादुर थापाबाट अार्थिक रूपमा एकलाैटी गरेका कारण समितिका पदाधिकारीहरूले निलम्बन गरी जेष्ठ सदस्य रण बहादुर गुरूङकाे अध्यक्षतामा बिशेष साधारण सभा गरिएकाे थियाे ।
पालुङटार नगरपालिकाका नगर उपप्रमुख बन्दना पाण्डेले प्रमुख अतिथिकाे रूपमा बाेल्दै खानेपानी संस्थामा जिम्मेवारपूर्वक काम गर्नुपर्ने बताउनुभयाे । बिशेष अतिथिकाे रूपमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गाेरखाका प्रमुख इन्जिनियर किरण खनाल, वडा नं. ७ का वडाध्यक्ष अर्जुन कुमाल, कार्यपालिका सदस्य पम्फा बि.क., सल्लाहाकार समितिका संयाेजक बसन्त कुमार श्रेष्ठ, टाेलबिकास संस्थाका तर्फ दिल बहादुर कुमाल र अाेम प्रकास गुरूङ लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । जसमा स्वागत मन्तव्य काेषाध्यक्ष शुशिला श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएकाे थियाे । सचिव गणेशलाल श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएकाे थियाे ।
साे खानेपानी संस्था अन्तर्गत पालुङटार नगरपालिका वडा नं. ७ का बिभिन्न टाेलका गरी ८५० घरधुरी लाभान्वित भएका छन् ।