कृषि सहकारी संस्थाको 10औँ वार्षिक साधारणसभा सम्पन्न अध्यक्षमा पुनः मानबहादुर थापा चयन

गोरखा, पुस 23 ।

गाेर्खाको पालुङटार नगरपालिका वडा नम्बर 7 च्याङ्ली मा रहेको उज्वल कृषि सहकारी संस्था लिमिटेडको 10 औँ वार्षिक साधारणसभाले मानबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।

संस्थाका अध्यक्ष मानबहादुर थापाको सभापतित्वमा सम्पन्न साधारणसभाबाट 11 सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा चमेली कुमाल, कोषाध्यक्षमा  रामकृष्ण भण्डारी, सचिवमा प्रेम कुमाल रहेका छन् त्यस्तैगरी सदस्यहरुमा महेन्द्रकुमार श्रेष्ठ, श्याम अधिकारी, हरिप्रसाद भट्ट, भोज बहादुर मास्क, हारमा रश्मी थापा, मीनबहादुर नेपाली र सानु बि क रहेका छन् । सभाले लेखा संयोजकमा भरतराज पाण्डेलाई चयन गरेको छ भने ऋण संयोजकमा बाबुराम देवकोटा लाई चयन गरेको छ । त्यस्तैगरी ऋण समिति सदस्यमा तीर्थबहादुर मगर चयन हुनुभएको छ । साधारणसभाबाट सावित्रा बि क  र राजकुमार  श्रेष्ठ लाई सल्लाहकारमा चयन गरेको छ ।

इ दिपकबाबु कडेलको प्रमुख आथित्यतामा सम्पन्न भएको सो साधारण सभामा पालुङटार नगरपालिका वडा नम्बर 7 का अध्यक्ष अर्जुन कुमाल, च्याङली सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष एवं गोर्खा सन्सार मिडिया प्रालिका सञ्चालक रबिन्द्र कडेल, च्याङली स्वास्थ्य चौकीका इन्चार्ज भरतराज पाण्डे पालुङटार नगरपालिका कार्यसमिति सदस्य पम्फा बि क, जग्गादाता  बाबुराम देवकोटा लगायतकाले शुभकामना मन्तव्य राखेका थिए भने संस्थाकी सदस्य सावित्रा विकले स्वागत मन्तब्य राख्नु भएको थियो ।

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.