पाँच वर्षमै फेरियो पालुङटार नगरपालिकाको मुहार

अर्जुन बिष्ट,गोरखा । स्थानीय तहमा जनप्रतिनिधि आएको जेठमा पाँच वर्ष पुग्न लागेको छ । पाँच वर्षको अवधिमा जनप्रतिनिधिले गरेका कामप्रति अधिकांश पालिकाहरुमा नागरिक सन्तुष्ट छैनन् । जनप्रतिनिधिले चुनावको समयमा गरेका धेरै प्रतिवद्धता पूरा गर्न नसकेको र कामभन्दा कुरा बढी हुँदा नेतृत्वप्रति नागरिकहरु जनप्रतिनिधिको काम प्रति सन्तुष्ट छैनन् । तर सबै स्थानीय तह एकै छैनन् । केही स्थानीय तह देशकै उत्कृष्ट पालिकाको रुपमा पनि चिनिएका छन् ।

जसमध्ये गोरखाको पालुङटार नगरपालिका पनि एक नमुना नगरपालिकाको रुपमा प्रस्तुत भएको छ । नेपालको उद्गगम स्थल लिगलिगकोटको सिरानमुनी रहेको पालुङटार नगरपालिका विभिन्न धार्मिक एवं पर्यटकीय स्थलहरुले भरिएको फाँट हो । पुरानो ऐतिहासिक संरचनामा बनेका घरहरू र यहाँको मिलन बस्ती संस्कृतिक रुपमा सम्पन्न छ ।

सिङ्गो नेपालको पहिचान गर्ने ऐतिहासिक क्षेत्र सहित विविधताले सम्पन्न हुँदाहुँदै पनि पालुङटार क्षेत्र सधैं ओझेलमै थियो । संघीयता पछी आएको स्थानीय सरकारको पछिल्लो पाँच वर्षको कार्यकालमा भने पालुङटारले मुहार फेरेको छ । भुकम्पले छेतबिच्छेद बनेको पालुङटारमा सडक,खानेपानी ,शिक्षा ,भौतिक संरचना स्वास्थ्य क्षेत्रको अवस्था दयनीय नै थियो । अहिले यहाँका जीर्ण सम्पदा,भत्किन लागेका मठमन्दीर ,भत्किएका पाटी र भुकम्पबाट भत्किएका घरहरु धमाधम पुनःनिर्माण भएका छन् ।

यस नगरपालिकामा स्थानीय तहको निर्वाचन सँगै निर्वाचित भएका नगरप्रमुख इन्जिनियर दिपक बाबू कंडेलको कामप्रति इमानदारीता र उनको कामगर्ने शैलीको प्रशंसा गर्दै पछिल्लो पाँच वर्षमा पालुङटारले विकासका रुपमा मुहार फेरेको स्थानीयवासिन्दा बताउँछन ।

पाँच वर्ष पहिले वडाहरुमा जाने सडक थिएन ,स्वास्थ्य चौकीको अवस्था पनि त्यस्तै थियो । पाँच वर्षभित्र हरेक वडाहरुमा सडक सञ्जाल जोडिएको छ । ,सामुदायिक भवन , खानेपानीको धारा घर – घरमा प्रत्येक वडाहरुमा गाउँघर क्लिनिक , स्वास्थ्य चौकी र कृषि क्षेत्रमा लिच्ची,लारु,पशुपालन लगायतका पकड क्षेत्र पहिचान गरि आम्दानीको स्रोत बढ्दै गएको नगरपालिकाको दावी छ । विभिन्न संस्थाहरुको साझेदारीमा सिचाईका लागि कुलो,नहर,झोलुंगे पुल लगायतका पुर्वाधार निर्माणका कार्य सम्पन्न भएका छन् ।

नगरप्रमुख कंडेल भन्छन् ,, पालुङटार नगरबासीले मेरो कामलाई पत्याएका छन् । जनताको साथ छ । यो मेरो मात्र काम होइन। हाम्रो सिङ्गो टिम नै स्पिरिट छ। एक्लै त के नै गर्न सकिन्छ र !’ जनता,कर्मचारी र जनप्रतिनिधिको सम्बन्ध राम्रो भएर मैले परिकल्पना गरेको नगरपालिका बनाउने लक्ष्यको नजिको पुगेको छु । ऐतिहासिक क्षेत्र लिगलिगकोट लाई पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्न म्याराथुन , साइकल , लिगलिगेदौड, लिगलिगकोटमा हरियाली पार्क निर्माण,तातोपानीमा व्यवस्थित स्नान गृह,च्यांगलीमा कुमाल संग्राहलय,किशुनजी शान्ती ,होमस्टे लगायतका पर्यटन पूर्वाधार विकासका कार्यहरु अघि सारेको उनले बताए ।

भनिन्छ जहाँ इच्छा त्यहाँ उपाय ! त्यस्तै बनेको छ । गोरखाको पालुङटार नगरपालिका नगरप्रमुख कंडेलको मेहनत र लगनशीलताले वर्षौँदेखि विकासको पर्खाइमा बसेका नयाँ संरचनाहरुले नयाँ जीवन पाएका छन् । कतिपय स्थानीय तहका जनप्रतिनिधिले काम गरेनन् भनेर सर्वत्र आलोचना आइरहेको अवस्थामा पालुङटार नगरपालिका आफ्नै पहिचान बनाउन सफल भएको छ ।

संघीयता पछि पहिलोपटक नेपाली काँग्रेसबाट पालुङटार नगरपालिकामा स्थानीय सरकारको नेतृत्व रेका नगरप्रमुख इन्जिनियर कंडेल भन्छन् :; पालुङटार नगरपालिकाको समग्र बिकासलाई आकलन गर्दा स्थानिय तह सुरुवातमा एकपटक पालुङटार नगरपालिका हेरौँ ,, संघीयता सँगै बनेको स्थानिय तहमा कुनै पनि कानुन र स्पष्ट निर्देशन भएको अवस्था थिएन । कानुनी कुरा,नितिहरु प्रष्ट नहुँदा काम गर्न अप्ठ्यारो भएको महसुस भयो । संघ ,प्रदेश र स्थानिय तहको तालमेल नमिल्दा थुप्रै बाधा र चुनौतीपूर्ण यात्रामा थियौं हामी यस यात्राको बिचमा हाम्रो पालुङटार नगरपालिकामा कुनै पार्टीको बहुमत आएको छैन म नेपाली काङ्ग्रेस बाट मेयरमा बिजयी भएँ ,उपमेयरमा माओबादीका उम्मेदवार बिजयी बन्नुभयो । वडाहरुको हकमा फरकफरक पार्टीले प्रतिनिधित्व गर्दा काम गर्न अप्ठ्यारो सँगै थुप्रै चुनौती थपिएको थियो ।

म पेशागत रुपमा एक इन्जिनियर भएकोले बिकास निर्माणको कार्य र पालुङटार नगरपालिकामा कसरी बिकास गर्न सकिन्छ भन्ने कुराको प्रष्ट ज्ञान थियो र त्यस अनुसार म अगाडी बढे कतिपय कुराहरुमा कानुनले थुप्रै अप्ठ्यारो सहनु पनि पर्यो मैले चाहेको समृद्ध पालुङटार मैले चाहेको एक इन्जिनियर र मेयरको हैसियतले पालुङटारको जनताको दैनिकिमा परिवर्तन ,जिबिकोपार्जनमा परिवर्तन बिकासमा परिवर्तन र इन्जिनियर (प्रोफेसर) पेसा छोडेर नेपालि काङ्ग्रेस पार्टीको एक जिम्मेवार सिपाही भएर पालुङटारमा मैले सिकेको ज्ञान, सीप क्षमतालाई पालुङटारबासी जनताको सेवामा समर्पित गर्ने निर्णयले आज जेजति काम गरेका छौँ । त्यो जनताको साथ समर्थनले सम्भव भएको छ ।

पालुङटार नगरपालिकाको भुकम्प पछिको निजि आवास पुनर्निर्माणलाई हेर्ने हो भने करिब ९७ प्रतिशत सम्पन्न भैसकेको छ । यस नगरमा निजि आवास पुनर्निर्माणको सवालमा थुप्रै समस्याहरु थिए । सुकुम्बासी अव्यवस्थित बसोबास आफ्नै मनपरि घरहरू निर्माण भैरहेको स्थिती थियो । मेरो कार्यकालमा निजि आवास र नयाँ बन्ने घरहरू नक्सा प्रणाली मार्फत नक्सा पास गरेर अहिले हाम्रो नगरपालिका नक्सापास इ बिपियस प्रणाली लागू गरेर सुरक्षित आवास निर्माण भैरहेको छ । राजस्व संकलन अनलाइन प्रणाली मार्फत गरिरहेका छौँ । सुकुम्बासी भुकम्प पीडित लाभग्राहिको हकमा उहाँहरुलाई सरकारबाट जग्गा खरिदका लागि पाउने दुई लाख रुपैयाँ प्रदानमा सहजीकरण गरेर जग्गा किनेर नगरपालिकाको केही सहयोगमा करिब १२ घरलाई एकिकृत बस्ती जस्तै गरेर एकै ठाउँमा सुरक्षित आवास निर्माण भएको छ । सुकुम्बासीको हकमा कृषि मार्फत उत्पादनलाई जोड दिएर गाँस बासको व्यवस्था गर्ने लक्ष्य पूरा गर्न अझै बाँकी छ ।

म निर्वाचित हुँदै गर्दा पालुङटार नगरपालिकामा बाटो खानेपानी शिक्षा स्वास्थ र यातायातको अवस्था नाजुक थियो । तुरतुरेबाट निस्केपछि बजार क्षेत्रत ठाँटिपोखरी सम्म मात्र बस चल्ने अवस्था थियो र बर्खाको समयमा अरु भुभागमा यातायातको पहुँच थिएन । अहिले नगरपालिकामा बाह्रै महिना गाडी चल्ने अवस्था छ । शिक्षामा सुधार भई सामुदायिक बिद्यालयमा विद्यार्थी अभिभावकको क्रेज बढ्दो क्रममा छ । सबै वडा कार्यालय र हाम्रो आफ्नै सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण भएको छ । कृषिमा आत्मनिर्भर बन्न वैदेशिक रोजगारीबाट फर्किएका लाई सहुलियत रुपमा ऋण उपलब्ध गराएका छौँ।

पाँच वर्षको कार्यकालमा शिक्षा, स्वास्थ्य,सडक,कृषि खानेपानी, खेलकुद, विपद् व्यवस्थापनलगायतका क्षेत्रमा पालुङटार नगरपालिकाले महत्वपूर्ण योजना सम्पन्न गरेको र केही योजना सम्पन्न हुने चरणमा पुगेको जनाइएको छ । सामाजिक सुरक्षा भत्ता वितरणमा सहज , पशुपालन ,दुध डेरी ,लिच्ची भण्डार केन्द्र ,स्वआर्जन कोष संचालन गरी कृषि उत्पादनमा जोडिएका कृषकलाई प्रोत्साहन लगायतका योजना अघि सारिएको छ । पालुङटार नगरपालिका लाई समृद्ध र बिकासको फट्को मार्नेगरी सधैँ आफू लागिरहेको र अझै जनताको सेवामा र बिकास काममा खटिरहने नगरप्रमुख दिपक बाबु कंडेलले बताए ।

त्यस्तै महिला स्वास्थ्य स्वयं सेविकालाई प्रोत्साहन भत्ता , एम्बुलेन्स खरिद ,अस्पतालाका बिरामी लाई निशुल्क खाना,नगरप्रमुख बिद्यार्थी कल्याणकारी कोषको स्थापना,आवासीय छात्रावास संचालन ,पढ्दै कमाउदै कार्यक्रम ,स्थानीय पाठ्यक्रम निर्माण सँगै जनताको प्रत्यक्ष समस्या लाई समाधान गर्न अहोरात नभनेर आफू लागिरहेकोले पालुङटारलाई अब समृद्धि सहितको नमुना पालुङटार बनाउने जानकारी दिए ।

पालुङटार नगरपालिका नगरप्रमुख कडेलले नेतृत्वमा सफल भएको स्थानीयको भनाई छ । विशेषगरी नगरप्रमुख कँडेलले नगरका सबै वडाको समान विकासका लागि खेलेको समन्वकारी भूमिका र नेतृत्वलाई नगरवासीले प्रशंसा गरेका छन् । नागरिक ,जनप्रतिनिधि र कर्मचारीको समन्वकारी भुमिकाले पालुङटारको आन्तरिक तथा बाह्य पर्यटकीय गन्तव्यको रूपमा पालिकाले नयाँ पहिचान पाउन सफल भएको छ ।

Source: tajapatrika.com

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.