पालुङटार ७ ले ४ र ५ गते सामाजिक सुरक्षा भत्ता बितरण गर्ने

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं.७ ले अागामी ४ र ५ गते सामाजिक सुरक्षा भत्ता तथा जेष्ठ नागरिक भत्ता बितरण गर्ने भएकाे छ ।

वडा अध्यक्ष बसन्त कुमार श्रेष्ठका अनुसार ४ र ५ गते बिहान ७ बजेदेखि दिउँसाे ३ बजेसम्म वडा कार्यालयबाटै भत्ता बितरण गरिनेछ ।

यस वडाकाे भत्ता बितरण गर्ने जिम्मा अहिलेदेखि डुम्रेस्थित प्रभु बैंकलाइ दिइएकाे छ । यसअघि एन.एम.बि. बैंकमार्फत बितरण भइरहेकाे भत्ता अहिलेबाट प्रभु बैंकमार्फत दिन लागेकाे पनि वडाध्यक्ष श्रेष्ठले बताउनुभयाे ।

त्यस्तै गरी नयाँ लाभग्राहीहरूले भने वडा कार्यालयमा सम्पर्क गर्नुपर्ने वडा सचिव सुमन पाैडेलले जानकारी दिनुभयाे ।

 

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.