तनहुँका सानेबहादुर नेपालीलाई क्रियाशील पत्रकारिता पुरस्कार

तनहुँ

तनहुँका पत्रकार सानेबहादुर नेपाली क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । प्रेस सेन्टर नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रमा शनिबार नेपालीलाई पुरस्कार अर्पण गरिएको हो ।
नेपालीलाई पूर्वप्रधानमन्त्रीसमेत रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुरस्कार प्रदान गरे । नगद पाँच हजार रुपैयाँको साथमा सम्मानपत्रसहित पुरस्कृत गरिएको छ ।
क्रियाशिल पत्रकारिता पुरस्कारबाट हरेक प्रदेशका एक जना प्रेस सेन्टरकर्मीलाई पुरस्कृत गरिएको छ । प्रेस सेन्टर तनहुँ पूर्वअध्यक्ष नेपाली राष्ट्रिय समाचार समितिमा तनहुँबाट रिपोर्टिङ गर्छन् । हाल उनी प्रेस सेन्टर गण्डकीको सचिव पदमा कार्यरत छन् । उनी जनचाहना डटकममासमेत आबद्ध छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.