Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
ठिगुरेश्वारामा सवारी दुर्घटना हुदाँ नेपाली सेनाका एक जनाको मृत्यु

ठिगुरेश्वारामा सवारी दुर्घटना हुदाँ नेपाली सेनाका एक जनाको मृत्यु

गोरखा नगरपालिका वडा नं. ९ ठिगुरेश्वारामा सवारी दुर्घटना हुदाँ नेपाली सेनाका एक जनाको मृत्यु भएको छ ।

गोरखा बजारबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग. १ क ५६५४ नम्बरको ट्रिपर र विपरीत दिशाबाट आउँदै गरेको बा. ७० प २८७१ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार नेपाली सेनामा कार्यरत दुई जना घाइते भएका थिए ।

शनिबार अपरान्ह पउने पाँच बजेतिर भएको सो दुर्घटनामा परी गोरखास्थित रिपुमर्दन गणमा कार्यरत लेसद्वय सुरेन्द्र राई र जनम राई घाईते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाइते मध्य २५ वर्षीय सुरेन्द्र राईको गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरिक्षक धुव्र प्रसाद शर्माले बताए ।

अर्का घाइते २४ वर्षीय जनमको उपचार भई रहेको उनले जानकारी दिए । ट्रिपर चालक अजिरकोट गाउँपालिकाका ३३ वर्षीय चन्द्रबहादुर परियारलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.