डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने


श्रावण ११, डुम्रे
तनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना बजारबासीले गरे नगरेकाे समेत अनुगमन गरिएकाे थियाे ।
अध्यक्ष थापाका अनुसार सडकका लागि भत्काउनु पर्ने घर तथा संरचना कतिपय घरधनीले नभत्काईदिँदा सडक चाैडा पार्ने काममा ढिलाई भएकाले सडक मापदण्डमा कडाई गरिने जानकारी दिनुभयाे । शनिबार दिउँसाे गाउँपालिकाका जनप्रतिनिधि , कर्मचारी , मुग्लिन-पाेखरा सडक आयाेजना, कन्सल्टेन्सी र ठेकेदार कम्पनीका प्रतिनिधिले मापदणड ताेकिदिने र साेहि अनुसार भत्काईने समेत बताउनु भयाे ।
अध्यक्ष थापाले विहिबार एक विज्ञप्ति जारी गर्दै मापदण्ड भित्र कुनै संरचना नबनाउन र बनाएकाे भए तत्काल हटाउन आग्रह गर्दै त्यस्तो गरिएकाे पाईए स्थानीय तहबाट प्रदान गरिने सबै किसिमकाे सेवा प्रदान नगरिने चेतावनी समेत दिईएकाे छ ।
वडा नं १ का अध्यक्ष एवं गाउँ पालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले बजारकाे सडक निर्माण छिट्टै सक्न र बजारकाे साैन्दर्यता बढाउनकाे लागि सहयाेग गर्न सबै बजारबासी सँग आग्रह गर्नु भएकाे छ ।
आर्थिक वर्षकाे शुरुकाे अनुगमनका क्रममा विशेष गरि सडक मापदण्ड र वर्कशपहरुकाे अनुगमन गरिएकाे पालिकाका राजश्व शाखाका प्रमुख दिनेश पाैडेलले बताउनु भयाे । अनुगमनका क्रममा कतिपयकाे दर्ता नगरिएकाे, नविकरण नभएकाे, अव्यवस्थित भएकाे , मूल्य-सुची नराखिएकाे , सरसफाईकाे कमि आदि जस्ता समस्या देखिएकाले दर्ता गरेर मात्रै ब्यवशाय सँचालन गर्न, प्रत्येक वर्ष नविकरण गर्न, बाेर्ड, मूल्य शुचि राख्न , सरसफाइमा ध्यान दिन आग्रह गरिएकाे पालिकाले जनाएकाे छ ।
अनुगमनका क्रममा जनप्रतिनिधिहरु, डुम्रे प्रहरी चाैकीका प्रमुख प्रहरी नायब निरीक्षक शिव थापा लगाएत सुरक्षाकर्मी , पालिकाका कर्मचारीहर लगाएतकाे सहभागिता रहेकाे थियाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.