साउन १३, गोरखाको पालुङटार नगरपालिका ७ स्थित जिबन ज्याेति माध्यमिक विद्यालयको जग्गामा 2 सय विरुवा लिची रोपिएकाे छ । विद्यालयको जग्गा प्रसस्त भएतापनि सामान्य भाडामा दिइएको र सोबाट आशातित रुपमा आम्दानी हुन नसकेको कारणले गर्दा विद्यालयमा पनि समस्या भएको र आर्थिक अवस्थासमेत कमजोर भएको अवस्थामा विद्यालयको आर्थिक अवस्था सुधार तथा विद्यालयको जग्गा संरक्षणका लागी यस्तो कार्य गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् पालुङटार नगरपालिका वडा नम्बर 7 का वडाध्यक्षको अर्जुनबहादुर कुमालले बताउनुभयो । विद्यालयको जग्गा विभिन्न ठाउँमा भएको र जग्गाको अतिक्रमण गरी खेल मैदान तथा अन्य प्रयोजनमा प्रयोग गरिएको र जग्गा उपयोगविहीन अवस्थामा रहेको अवस्थामा गरिएको यस कार्यप्रति स्थानीयहरूले खुशी ब्यक्त गरेका छन् । बिक्रम सम्बत 2024 सालमा स्थापना भएको यस विद्यालयमा कक्षा 1 देखि 12 सम्म अहिले करिब एक हजार विद्यार्थी अध्ययनरत रहेका छन् भने विभिन्न स्थानमा गरी करिब 60 रोपनी बढी जग्गा यस विद्यालयको नाममा रहेको छ । लिचीको बिरुवा सार्न ेक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको विद्यालयका शिक्षक-शिक्षिका र अभिभावकहरूको उपस्थीती रहेको थियो ।
पालुङटारमा विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा बालकल्याण मावि प्रथम
ज्ञान विज्ञान, सीप, उद्यम र मौलिकता, साझेदारी र प्रणालीमा सक्षमता” भन्ने मूल नाराका साथ राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा पालुङटार नगरपालिकाले अन्तर विद्यालय शिक्षक