गोरखामा दुईवटा पालिका बीच मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिता

गोरखाको पालुङटार नगरपालिका र गोरखा नगरपालिकाका शिक्षकहरु बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता गोरखाको रत्न राज्य मावि बिरिन्चोकमा सुरु भएको छ ।

माघ 13 गतेका दिन सुरु भएको मैत्रीपुर्ण सिक्षक भलिबल प्रतियोगिताको उद्घाटन गर्दै गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण रानाले प्रमुख अतिथिको रुपमा बोल्दै शिक्षकहरूको भलिबल प्रतियोगिताले विद्यार्थीहरुमा समेत सकारात्मक सन्देश जाने र शिक्षकहरुको बिच आत्मीयता बढ्ने बताउनुभयो । यस्तै गरी शैक्षिक उपलब्धि हासिल मा पनि शिक्षकहरूले बढी ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।  रत्नराज्य माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष धनबहादुर आलेको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा गोरखा नगरपालिकाकि उप प्रमुख मसलीमाया थोकर, वडा नम्बर १0 का वडा अध्यक्ष प्रदिप कुँवर लगायतका ले मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य कक्षा 11 की छात्रा सदिक्षा थापाले गर्नुभएको थियो । माघ १३ गते देखि शुरु भएको खेलमा पहिलो दिन पाँच खेल सम्पन्न भएका छन् भने 14 गते बाँकी सेमिफाइनल र फाइनलका खेलहरु हुनेछन् । प्रतियोगितामा प्रथम हुनेलाई खसी पुरस्कार राखिएको छ भने द्वितीय र तृतीय हुनेलाई बोका रहेको छ । गोरखा नगरपालिका र पालुङटार  नगरपालिकाका गरी दश विद्यालयका शिक्षकहरूको volleyball team सहभागी रहेका छन् । तीमध्ये पाँच वटा विद्यालयहरु नकआउट चरणमा हिजो नै बाहिरिएका छन् भने आज बाँकी 5 विद्यालयहरूबीच प्रतिस्पर्धा हुनेछ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.