यही जेठ २६ र २७ गते दमौलीमा दोस्रो राष्ट्रिय साहित्य सम्मेलन हुने भएको छ । जसमा आदिकवि भानुभक्त क्याम्पसका सहायक क्याम्पस प्रमुख नारायण प्रसाद गौतमलाई सम्मान गरिने कार्यक्रम समेत रहेकाे छ ।
उक्तत कुरा बिहीबार दमाैलीमा अायाेजित एक पत्रकार सम्मेलनमा बाेल्दै अध्यक्ष अर्जुन अधिकारीले बताउनुभएकाे हाे ।
कार्यक्रममा देशभरीबाट एक सय पचास बढी कवि तथा साहिकारहरुको उपस्थित हुने कुरा अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । प्रथम पुरस्कार रु ५५ हजार,द्वितीयलाई रु ४० हजार,तृतीयलाई रु २५ हजार र सान्तवना ६ जनालाई रु दश हजार पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्ने अधिकारीले बताउनुभयो ।
सोही अवसरमा भाषा,साहित्य,कला संस्कृतिमा योगदान गरेबापत साहित्यकार एवं आदिकवि भानुभक्त क्याम्पसका सहायक क्याम्पस प्रमुख नारायण प्रसाद गौतमलाई रु दश हजार नगद सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । तनहुँको धार्मिक,ऐतिहासिक र साँस्कृतिक क्षेत्रको प्रचारप्रसार गरी पर्यटन भित्र्याउन सहयोग पुग्ने बिश्वास गरिएको प्रतिष्ठानका उपाध्यक्ष संगम सापकोटाले जानकारी दिनुभयो । उक्त कार्यक्रम सम्पन्न गर्न रु ११ लाख ३९ हजार खर्च लाग्ने अनुमान गरिएको प्रतिष्ठानकी सचिव अन्जु दाहालले जानकारी दिनुभयो ।