तनहुँकी गायीका सबिता परियारले नयाँ लोकदोहोरी गीत ‘सूर्ती च्यापेर…’ ल्याईन् (भिडियो सहित)

तनहुँकी चर्चित लोकदोहोरी गायीका सबिता परियारले फेरी अर्को लोकदोहोरी गीत बजारमा ल्याएकी छिन्। उनले पछिल्लो समय नेपाली साङ्गितिक बजारमा लोकगायक खेराज गौतमसँगको सहकार्यमा ‘सूर्ती च्यापेर…’ लोकदोहोरी गीत बजारमा ल्याएकी हुन्। केहि दिन अघि उनकै अफिसियल युट्युब च्यानल सबिता परियार अफिसियलबाट गीत सार्वजनिक गरिएको हो। यति बेला सुर्ती च्यापेर गीतले चर्चा बटुल्ने क्रममा रहेको छ । गीतमा माया पिरतीका कुराहरुलाई पर्दा मार्फत गीतको भाब ब्यक्त गरेका छन । गीतमा गीतकार एवम् गायक खेमराज गौतम र गायिका सबिता परियारको सुमधुर आवाज रहेको छ। गीतको म्युजिक भिडियोमा अतिथिको रुपमा पछिल्लो समयमा अत्यन्तै मन पराइएको कलाकार तथा बहुचर्चित लोकप्रिय गायक श्याम राना, बालचन्द्र बराल र रत्न श्रेष्ठ छन् भने शरद एलजी, आरति परियार र अश्मिता रानाको दमदार अभिनय रहेको छ । गीतमा गायक खेमराज गौतमले लय भरेका छन् भने गायिका सबिता परियार आफैले शब्द कोरेका छन्। विशेषत लाईभ लोकदोहोरी गायनमा खप्पिस रहेकी गायिका सबिता परियारले आम दर्शक माझ ल्याएको गीतहरुमा ‘गावै रमाइलो देशै रमाईलो’ गीत निकै चर्चित छन्।

https://www.youtube.com/watch?v=wUkXUZNSur8

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.