जिल्ला अस्पतालमै बिरामीका लागि अत्याबश्यक सामग्री अभाव

जेठ २, गाेरखा 

गाेरखाका हस्पिटलहरूमा बिरामीहरूकाे चाप बढ्दै गएकाे र सहयाेग कम भइरहेकाे स्वास्थ्यकर्मीहरूकाे भनाइ रहेकाे छ ।

काेभिडकाे दाेश्राे लहरका कारण बिरामीहरूकाे चाप जिल्लाका सवै अस्पतालहरूमा बढी रहेकाे र सहयाेगकाे जरूरी भएकाे जिल्ला स्वास्थ्य कार्यालय गाेरखामा काेराेनाका बिरामीकाे उपचारका लागि ६ बेडबाट बढाएर १४ बेड बनाइएकाे र अरू १५ देखि १८ सम्म बेड थप्ने काम भइरहेकाे अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शान्ति भुर्तेलले बताउनुभयाे । उहाँका अनुसार हस्पिटलमाा अक्सिजन फ्लाेमिटर, अक्सिजन फेसमास्क, लगायतका सामग्रीहरू प्रयाप्त नभएकाे बताउनुभएकाे छ । गत बर्षकाे समयमा बिरामीकाे चाप कम भएपनि सहयाेगकाे क्रम बढी थियाे तर यस बर्ष भने एकदमै न्युन भएकाे मे.सु. भुर्तेलले जानकारी गराउनुभयाे । उहाँका अनुसार अत्यावश्यक सामग्रीहरू सरकारी तवरबाट अाउन ढिला हुन सक्ने भएका हुँदा सहयाेगी मनहरूलाइ सहयाेग गर्न अपिल गर्नुभएकाे छ । अस्पतालमा यतिबेला पिउने पानी लगायतका सामग्रीहरू पनि उपलब्ध गराउन सक्दा पनि ठूलाे सहयाेग हुन सक्ने उहाँले बताउनुभयाे ।

उता अाँपपिपल अस्पतालमा पनि केही काेराेना संक्रमितहरूकाे उपचार भइरहेकाे तर अक्सिजनकाे अझै समस्या भएकाे प्रशाशन प्रमुख बाबुराम गिरीले बताउनुभयाे । अक्सिजन भर्नकाे लागि नजिकमा ठाउँ नभएकाे चितवन, पाेखरा वा अन्यत्र पुग्नुपर्ने भएकाले समस्या भएकाे पनि उहाँले बताउनुभयाे ।

जिल्लाका अन्य अस्पतालहरूमा पनि यस्तै खालका समस्या रहेकाे जिल्ला स्वास्थ्य कार्यालयका नरजंग ठकुरीले बताउनुभएकाे छ ।

जिल्लामा गाेरखा अस्पताल र अाँपपिपल सहित २ वटा सरकारी अस्पताल र ३ वटा प्राथमिक स्वास्थ्य चाैकी रहेका छन भने अन्य थुप्रै निजी अस्पतालहरू रहेका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.