तनहुँ सहित नेपालका बिभिन्न जिल्लाहरूमा कार्य गरिरहेकाे काेशिश संस्थाले तनहुँका ३ रेडियाेहरूबाट रेडियाे कार्यक्रम बालसमृद्दीका लागि मानसिक स्वास्थ्य शुरू भएकाे छ ।
संस्थाकाे अायाेजनामा कार्यक्रम रेडियाे बन्दीपुरले तयार पारिरहेकाे छ । कार्यक्रमकाे प्रशारण रेडियाे बन्दीपुर ८८.८ र मादिसेती एफ.एम १०५.८ बाट शनिबार साँझ ७.३० देखि ८.०० बजेसम्म र शुक्लागण्डकी एफ.एम.९७.६ मेगाहर्ज बाट शनिबार साँझ ६.३० देखि ७ बजेसम्म प्रशारण भइरहेकाे छ । त्यस्तै रेडियाे बन्दीपुर बाट मंगलबार बिहान ८.३० देखि ९ बजेसम्म पुन प्रशारण भइरहेकाे छ ।
सन २००८ मा स्थापना भई महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय अन्तर्गत रहेर काठमाण्डौ जिल्लामा दर्ता भई काम गर्दै आइरहेको कोशिश संस्थाले बिभिन्न जिल्लारहरूमा काम गरिरहेकाे छ । स्थापना कालदेखि नै संस्थाले स्व स्फूर्त रुपमा मानसिक तथा मनोसामाजिक सुस्वास्थ्य र अपाङ्गताको क्षेत्रमा काम गदै आइरहेको छ । ललितपुरको कुसुन्तीमा केन्द्रिय कार्यालय रहेको यस संस्थाले हाल तनहुँ सहित अन्य जिल्लामा सवैका लागि मानसिक स्वास्थ्य भन्ने मूल नारासहित काम गर्दै आइरहेको छ ।
मानसिक तथा मनोसामाजिक क्षेत्रमा काम गरिरहेको कोशिश संस्थाले बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव पछि मुख्यगरी किशोर किशोरीहरु र उनीहरुको मानसिक स्वास्थ्य तथा पठनपाठनमा समेत नकारात्मक असर भइरहेको अवस्थामा उनीहरुलाई सहयोग पुर्याउने उदेश्यका साथ काम गरिरहेको छ ।