गाेरखा, फागुन २२
गाेरखाकाे पालुङ्टार नगरपालिका वडा नं. ७ मा एक दिने अायुर्वेद स्वास्थ्य शिविर हुने भएकाे छ । नगरपालिकाकाे सहयाेग र अायुर्वेद शाखाकाे अायाेजनामा साे शिविर हुन लागेकेा हाे ।
नरदेवी अायुर्वेद अस्पताल काठमाण्डाैका बिशेषज्ञ डाक्टरहरूकाे टाेली अाइ विभिन्न राेगहरूकाे अायुर्वेदिक पद्दतीबाट उपचार गरिने भएकाे हुँदा सम्पूर्णलाइ लाभ लिन समेत अायुर्वेद शाखा पालुङटारले अनुराेध गरेकाे छ ।
शिविरमा नसा, हाडजाेर्नी, पाइल्स, फिस्टुला लगायत बिबिध राेगहरूकाे बिशेषज्ञ डाक्टरहरूबाट उपचार हुने समेत अायुर्वेद शाखाका प्रमुख हितकाजी श्रेष्ठले जानकारी दिनुभयाे ।
शिविर वडा नं. ७ र ८ काे सिमानामा पर्ने फुस्रेटार चाैरमा रहेकाे कालिका सा ब उ स भवन तथा नब ज्योति महिला समुहको भबनमा सञ्चालन हुनेछ ।