माछो माछो भ्यागुतो पालुङ्टारका स्वास्थ्यकर्मीहरु

गोरखा संसार

११ भाद्र, गोरखा ।

गोरखाको पालुङ्टार नगरपालिकाले स्वास्थ्यकर्मीहरुलाई एक महिनाको तलब सुबिधा प्रोत्साहनस्वरुप दिने भनी निर्णय गरेको समाचार सञ्चार माध्यमबाट थाहा पाएपछि हौसिएका थिए । आर्थिक बर्ष समाप्त भएर पनि २ महिना लागिसक्यो तर उनीहरुले रकम पाउन नसकेपछि यतिबेला निरास बनेका छन् । कोरोना भाइरसका कारण बिश्वमा महामारी फैलिएका कारण स्वास्थ्यकर्मीहरुले फ्रन्टलाइनमा रहेर काम गरिरहेको बताउँदै उनीहरुको मनोबल उच्च राख्नको लागि एक महिना बराबरको तलब सुबिधा थप दिने निर्णय गरेको तर प्राबिधिक कारणबस रकम उपलब्ध गराउन नसकेको तर चालु आ.ब. मा उपलब्ध गराउने नगरप्रमुख दिपकबाबु कंडेलले जानकारी गराउनुभएको थियो ।

स्वास्थ्यकर्मीहरु भने आफूहरुलाई माछो माछो भ्यागुतो बनाएको महसूस भएको बताएका छन् । कोभिड हुुँदा वा नहुँदा कुनै पनि बेला आफूहरुले राज्यलाई सकेको योगदान दिइरहेकै छौं, हामीलाई प्रोत्साहन रकम दिने भनी ललीपप नदेखाएको भए पनि काम गरिनै रहने थियौ तर आसमात्र देखाएर नदिँदा चित्त दुखेको छ, एक स्वास्थ्यकर्मीले बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मा भने अन्तिम समयसम्म पहल गर्दा पनि सफ्टवयरमा इन्ट्री गर्न नमिलेकाले दिन नमिलेको बताउनुभयो । आर्थिक बर्षको मसान्तको समयमा आएर सफ्टवयरमा इन्ट्री गर्न नमिल्दा स्वास्थ्यकर्मीहरुलाई दिनुपर्ने प्रोत्साहन रकम तथा योजना अनुगमनका कार्यहरुको रकम समेत भुक्तानी गर्न नपाएको शर्माले बताउनुभयो । साथै स्वास्थ्यकर्मीहरुका लागि दिने भनिएको प्रोत्साहन रकम आगामी बर्ष दिइने पनि अधिकृत शर्माले बताउनुभयो ।

त्यस्तै गरी नगरपालिकाले करारको रुपमा काम गरिरहेका कर्मचारीहरुलाई पनि अहिलेसम्म नियुक्ति दिएको छैन । करार कर्मचारीहरुको करार अबधि असार मसान्तसँगै सकिएको छ तर अहिलेसम्म उनीहरुको बारेमा नगरपालिकाको कुनै ध्यान पुग्न सकेको छैन । यस बिषयमा नगरपालिकाका प्रमुख प्रशसकिय अधिकृत शर्मासँग कुरा गर्दा नगरपरिषदले निर्णय गर्नुपर्ने तर अहिलेसम्म निर्णय नभएकाले नियुक्ति प्रक्रिया अघि बढाउन नसकेको बताउनुहुन्छ । त्यस्तै नगरप्रमुख कंडेल पनि करार कर्मचारी राख्ने या हटाउने वा पुन नियुक्ति गर्ने बिषयमा निर्णय गर्न निकै कठिन भएको बताउनुहुन्छ ।

यस बिषयमा पालुङ्टार नगरपालिकाकाे स्वास्थ्य शाखा प्रमुख कृष्ण अधिकारी भने अाफूहरूलाइ जानकारी नभएकाे तर निर्णय भइ अाएकाे खण्डमा कार्यान्वयनमा अाफूहरूले कुनै कसूर बाँकी नराख्ने बताउनुभयाे ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

“बसे है पालेदाई” गित ले नकारात्मक सन्देश दिएको भन्दै सम्पूर्ण संचार माध्यमहरूबाट हटाउन माग का सन्दर्भमा अन्नपूर्ण गाउँपालिका, कास्कीमा रहेका

बसे है पाले दाई भन्ने गीतले शिक्षक तथा विद्यालयप्रति मानमर्दन भएको भन्दै कास्कीका अन्नपूर्ण गाउँपालिकाका शिक्षक संगठनहरूले सम्पूर्ण संचार माध्यमहरुबाट उक्त गीतलाई हटाउन माग गर्दै

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

बन्दीपुर केबलकारको उद्धार अभ्यास सम्पन्न

Dp Adhikari तनहुँ जिल्ला स्थित बन्दीपुरहिल अन्तर्गतको बन्दीपुर केबलकारले यात्रीहरूको आकस्मिक उद्धारको लागि यात्री उद्धार अभ्यास कार्यक्रम आयोजना गरी सफलता पूर्वक सम्पन्न गरेको छ। सो

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

गण्डकी प्रदेश सभाका सभामुख पालुङटार ७ बिरुवाटारमा

जनतासँग सभामुख कार्यक्रम अन्तर्गत गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ कार्यालयमा हिजो गण्डकी प्रदेश सभाका सभामुख माननीय कृष्ण धिताल आउनुभएको थियो । उहाँले जनताहरूसँग भेटघाट

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

एक चितुवा मृत अवस्थामा फेला

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली स्थित च्याङ्ली म्याङ्गो गार्डेन रिसोर्ट नजिकै सडकमा आज रातको ९ बजेको समयमा एक बाघ (चितुवा) मृत अवस्थामा फेला

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

अझ बाघको आक्रमणबाट दुईजना घाइते

असार ४ गते। गोरखाको पालुङ्गटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन्। घाइते हुनेहरुमा खोलाघाटका ७६ वर्षका गनबहादुर कुमाल र

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

बन्दीपुर केवलकार व्यावसायिक रुपमा सञ्चालनमा

पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केबलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन् । परीक्षणका रुपमा मात्रै सञ्चालित बन्दीपुर केवलकार आजदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.