गोरखा संसार
असार २०, गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिकाको वडा नं. ७ च्याङ्ली र वडा नं. ८ को धुवाँकोट शील हुने भएको छ ।
नगरपालिकाको वडा नं. ७ का एक जनाको कोरोनाको कारण मृत्यु भएपछि कन्ट्याक्ट ट्रेसिङ तथा जाँच गर्नुपर्ने भएका कारण सील गरिएको हो । शनिबार मात्र वडा नं. ७ कोे जीवन ज्योति मा.वि. क्वारेन्टिनमा बसेका एक ४४ बर्षीय पुरुषको गोरखा अस्पतालमा पुर्याएपछि मृत्यु भएको थियो ।
काेराेनाबाट एक व्यक्तिकाे मृत्यु भएकाे र हाेम क्वारेन्टिनमा बसेकी एक महिलामा समेत काेराेना पुष्टि भएपछी सिल गर्नुपरेकाे नगर प्रमुख दिपब बाबु कंडेलले बताउनुभयाे ।
कतारबाट आएका पुरुष आएदेखि कहाँ कहाँ सम्पर्क भएको थियो र कस कसलाई जाँच गर्नुपर्ने खोजी कार्य भइरहेको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख कृष्ण अधिकारीले जानकारी दिनुभयो ।
गोरखामा कोरोनाको कारण मृत्यु भएको यो पहिलो घटना हो ।
मृत्यु भएका पुरुषको शब लुदी खोला र दरौंदी नदीको दोभानमा अन्तेष्टी गरिएको थियो । रणसिँह दलले शब व्यबवस्थापन गरेको थियो भने शब ब्यवस्थापनका क्रममा स्थानीयहरुले केही बेर अबरोध समेत गरेका थिए ।