कोरोना लक्षण देखिएकी महिलाको शव जङ्गलमा व्यवस्थापन

सप्तरी : होम क्वारेन्टिनमा मुत्यु भएकी सप्तरीको कञ्चनरुप नगरपालिका–११ गोरपारकी २४ वर्षीया महिलाको शवलाई व्यवस्थापन गरिएको छ ।

कोरोनाको लक्षण देखिएकी गर्भवतीको चार जना परिवारका सदस्यको उपस्थितिमा कञ्चनरुपस्थित सुन्दरीखोलाभित्रको जङ्गलमा लगेर सतर्कताका साथ शव व्यवस्थापन गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।

सप्तरीको कञ्चनरुप नगरपालिकाले उपलब्ध गराएको व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) लगाएका परिवारका सदस्यले स्वास्थ्यकर्मीको निगरानीमा शवको दाहसंस्कार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको ‘कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि २०७६’ बमोजिम पिपिइलगायत सुरक्षा सामग्री उपलब्ध गराएर सतर्कताका साथ शव व्यवस्थापन गरिएको नगरप्रमुख वसन्त मिश्रले बताउनुभयो ।

कार्यविधिमा सकेसम्म अत्यन्तै नजिकको दाहसंस्कार गर्ने ठाउँमा छिटो शव व्यवस्थापन गर्नुपर्ने भएकाले स्वाब परीक्षणको रिपोर्ट प्रतिक्षा नगरी कोरोनाको लक्षण देखिएकी गर्भवतीको शव व्यवस्थापन गर्नुपरेको नगरप्रमुख मिश्रले बताउनुभयो । शव व्यवस्थापन अघि बसेको नगरस्तरीय कोरोना नियन्त्रण समन्वय समितिको बैठकले दाससंस्कारमा संलग्न व्यक्तिलाई सेल्फ क्वारेन्टिनमा राख्ने र कन्टयाक्ट ट्रेसिङ टोलीलाई सम्पूर्ण व्यवस्थापन गर्ने जिम्मा दिइएको उहाँले जानकारी दिनुभयो ।

अत्यधिक ज्वरो, खोकी र स्वासप्रस्वासमा समस्या देखिएकी गर्भवतीको मङ्गलबार घरमा मृत्यु भएको थियो । उहाँलाई १० दिनदेखि ज्वरो आइरहेको परिवारका सदस्यले बताउनुभयो । परिवारका सदस्यले गत बिहीबार राजविराज ल्याएर डा विनिता यादवको क्लिनिकमा गर्भ जाँच गराएका थिए । उहाँलाई पिसाबको सङ्क्रमणका साथै १०२ डिग्री ज्वरोसमेत देखिएपछि केही औषधि दिइ तत्कालै राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको ‘फिभर क्लिनिक’मा जान सल्लाह दिइएको डा यादवले बताउनुभयो ।

कोरोना सङ्क्रमणसित मिल्ने लक्षण देखिएकाले मङ्गलबार नै मृतकको स्वाब सङ्कलन गरी परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याइएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताउनुभयो । स्वाब सङ्कलनको पिसीआर रिपोर्ट आउन दुईदेखि तीन दिनसम्म समय लाग्ने भएकाले परिवारसँगको सल्लाहमा सुरक्षितरूपमा शव व्यवस्थापन गरिएको यादवले बताउनुभयो । मृतक १८ साताकी गर्भवती थिइन् । उनको साढे पाँच वर्षका जुम्ल्याहा एक छोरा र एक छोरी छन् ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.