घैरुङ, १२ वैशाख
गोरखाको शहिद लखन गाउँपालिकाको विभिन्न स्थानमा निर्माण गरिएको सामुहिक क्वारेन्टाईनमा रहेकाहरु मध्य आज पनि ४ जना घर फर्किएका छन्। गाउँपालिकाले तोकिएको क्वारेन्टाईनमा बस्नुपर्ने १४ दिनको अवधी पुरा गरि उनीहरु आजदेखि आफ्नै घरमा बस्ने गरि फर्किएका हुन्।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोबल कोरोना भाईरस (कोभिड १९) को संक्रमणबाट जोगिन सतर्कता अपनाउने क्रममा गाउँपालिकाले देश विदेश जहाँबाट आएको भएपनि गाउँपालिका भित्रका जो कोहिलाई न्युनतम १४ दिन गाउँपालिकाले निर्माण गरेको सामुहिक क्वारेन्टाइनमा राखेर स्वास्थ्य परिक्षण पछि मात्र घर बस्न जान पाउने व्यवस्था गरेको थियो। सोहि अनुरुप गाउँपालिकाले तोकिएको क्वारेन्टाइनमा बस्नुपर्ने अवधि पुरा गरेका थप ४ जनालाई घर पठाईएको गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले बताउनुभयो। उनीहरुलाई घर पठाउनु भन्दा पहिले ¥यापिड टेष्ट गरिएको र सबैको नतिजा नेगेटिभ आएको पनि अध्यक्ष थापाले जानकारी दिनुभयो।
घर पठाइएकाहरुमा शहिद लखन गाउँपालिका अन्तर्गत हिमालय मावि घैरुङको क्वारेन्टाइनमा रहेका ४ जना छन्। गाउँपालिकाले यसअघि पनि क्वारेन्टाईनको बसाई अवधि पुरा गरि १० जना घर पठाएका थिए। क्वारेन्टाईनमा बस्ने अवधि सकाएर घर फर्किए पनि उनीहरु कम्तीमा एक साता घरमै सुरक्षित बस्नेपर्ने छ। भने बाहिर घुलमिल गर्न नपाईने गाउँपालिकाले जनाएको छ।
शहिद लखनका क्वारेन्टाईनबाट अाज ४ जना घर फर्किए
Facebook Comments Box