युवा समाजसेवी तथा स्थानीय नेता द्वोयद्धारा मृगौंला पिडीतलाई डाईलासिसको लागि यातयातको सेवा निःशुल्क ।।

आँबुखैरेनी, ५ बैंशाख ।

आँबुखैरेनी गाँउपालिकाका दुई जना युवा समाजसेवी तथा स्थानीय नेताले मृगौंला रोगका एक बिरामीलाई डाईलासिसको लागि यातयातको सेवा निःशुल्क उपलब्ध गराईदिएका छन् । २ वर्ष अघि दुबै मृगौंला गुमाएका आँबुखैरेनी–३, छबिसे टोल नजिकै बसोबास गर्दै आउनुभएका ६१ वर्षीय मंगल ढकालको डाईलासिसको लागि जिल्ला अस्पताल दमौली सम्म लैंजान र आँबुखैरेनी सम्म ल्याउन वडा नं. ३ का वडा सदस्य दिनेश के.सी. र नेपाल तरुण दल आँबुखैरेनी गाउँ कमिटीका उपाध्यक्ष बादल थकालीले कार मार्फत निशुल्क यातयातको सेवा उपलब्ध गराएका हुन् । लकडाउनको समयमा सवारी साधन ठप्प भएको र हप्तामा २ पटक मृगौंला रोगका बिरामी ढकाललाई डाईलासिस गराउन जान र आउन एम्बुलेन्सलाई दिने पैंसा समेत नभएकोले मानव सेवामा समर्पित मन भएकाले सहयोग गरिदिन उनका श्रीमती बिमला ढकालले सबैसँग आग्रह गरेकी थिईन । सोही आग्रहलाई आत्मसाथ गर्दै मानव सेवामा समर्पित मन भएका ती दुई युवा समाजसेवी तथा स्थानीय नेता द्वोय दिनेश के.सी. र बादल थकालीले कारमा मृगौंला रोगका बिरामी ढकाललाई आज (शुक्रबार) बिहान डाईलासिस गराउन दमौंली सम्म लगिदिएको र दमौलीबाट आँबुखैरेनी सम्म ल्याईदिने कार्य गरिदिनुभएको हो । हप्तामा २ पटक मृगौंला रोगका बिरामी ढकाललाई डाईलासिस गराउने कार्यतालिका अनुसार आगामी बैंशाख ९ गते मंगलबार पनि कार मार्फत यातयातको सेवा निःशुल्क उपलब्ध गराईदिने वडा नं. ३ का वडा सदस्य तथा युवा समाजसेवी दिनेश के.सी.ले जानकारी दिनुभएको छ । कोरोना भाईरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारद्वारा गरिएको लक डाउनको बिषम परिस्थितीमा मृगौंला पिडीत ढकाल दम्पतीको दैनिकी कठिन हुदै गएको र आर्थिक अवस्था ज्यादै कमजोर भएकोले राहत स्वरुप आर्थिक सहयोग गर्ने समेत के.सी.ले प्रतिबद्धता जनाउनुभएको छ । मृगौंला रोगका बिरामी ढकालको हप्ताको मंगलबार र शुक्रबार डाईलासिस गरिने कार्यतालिका अनुसार, यातयातको सेवा निःशुल्क उपलब्ध गराईदिएका र गराईदिने बचन दिएका मानव सेवामा समर्पित मनहरुलाई उनका श्रीमती बिमला ढकालले हृदय देखि विशेष धन्यवाद दिनुभएको छ । लक डाउन अवधिभर डाईलासिसको लागि हप्ताको २ पटक मंगलबार र शुक्रबारको समय मिलाएर यातयातको सेवा उपलब्ध गराईदिन उहाँले आग्रह गर्नुभएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.