तनहुँको दमौली अस्पतालमा सघन उपचार कक्ष स्थापना गर्ने सांसद श्रेष्ठको घोषणा

२२ चैत्र, दमौली

प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ -किसान)ले तनहुँको सदरमुकाम दमौलीमा रहेको दमौली अस्पतालमा सघन उपचार कक्षा स्थापना गर्ने घोषणा गरेका छन् । कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलना नदिनका लागि आवश्यक पर्ने सुरक्षा कबज लिएर विहीबार दमौली आएका सांसद श्रेष्ठले पत्रकार भेटघाटमा उक्त घोषणा गरेका हुन् ।वि.सं. २०३४ सालमा स्वास्थ्यचौकीको रूपमा स्थापना भई वि.सं. २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रको रूपमा स्तरोन्नति भएको यो अस्पताल वि.सं. २०५९ मा अस्पतालको रूपमा स्तरोन्नति भएपनि जिल्लामा हालसम्म सघन उपचार सेवा उपलब्ध छैन ।

मुलुक संघीय संरचनामा गएसंगै प्रदेश सरकारको स्वामित्वमा रहेको अस्पताल तथा जिल्लामा हालसम्म सघन उपचार कक्ष नहुनु दुःखद् रहेकाले आफ्नै पहलमा अस्पतालमा भेन्टिलेटर सहितको पाँच श्ययाको सघन उपचार कक्ष बनाउने प्रतिबद्धता सांसद श्रेष्ठले जनाएका छन् ।’दश थान भेन्टिलेटरसहितको सघन उपचार कक्ष निर्माणका लागि करिब ५० लाख रुपैयाँ खर्च हुने र सहयोगदाता नपाएका खण्डमा आफ्नै लगानीमा पनि उक्त कक्ष स्थापना गर्ने छु’, सांसद श्रेष्ठले भने, ‘अहिले कोभिड-१९ संक्रमणका त्रासले विश्व आतंकित छ, भाइरस संक्रमणबाट नेपाल पनि अछुतो नरहेको अवस्थामा जिल्लामा भरपर्दो स्वाथ्य सेवा नहुँनु दुःखद् हो ।

‘यो विषयमा हलासम्म जिल्लाका कोही कसैले खासै चासो नदेखाएकोमा गुनासो गर्दै श्रेष्ठले भने, ‘अस्पताल व्यवस्थापन समितिले आवश्यक कोठा उपलब्ध गराएमा जतिसक्दा चाँडो सघन उपचार कक्षका लागि आवश्यक पर्ने उपकरणहरु ल्याउन पहल गर्नेछु। यदि जिल्लाबासिमा कोरोना संक्रमण देखिएमा सकेसम्म जिल्लामै सहज रुपमा सघन कक्षमा उपचार सेवा लिन पाउने व्यवस्था मिलाउन म लागि पर्नेछु ।’ दमौली अस्पतालले ठाउँ व्यवस्थापन गर्नेबित्तिकै एक हप्ताको अवधिमा सघन उपचार कक्ष निर्माणका लागि आवश्यक सामग्री उपलब्ध गराउने सांसद श्रेष्ठले प्रतिवद्धता जनाएका छन् । यस्तै, यस अगाडि एउटा कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दमौली अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा स्तरवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । दमौली अस्पताल व्यवस्थापन समितिले केही महिना अगाडि आयोजना गरेको छलफल कार्यक्रममा मुख्यमन्त्री गुरुङले अस्पतालको स्तरोन्नतिको गरी प्रादेशिक अस्पताल बनाउने बताएका थिए ।

सोही अवसरमा मुख्यमन्त्री गुरुङले दमौली अस्पतालको भौतिक एवं अन्य विकासको लागि प्रदेश सरकारको तर्फाट तत्काल तीन करोड रुपैयाँ बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे पनि हालसम्म त्यो कार्यान्वयनमा नआएको अस्पताल विकास समिति स्रोतले जनाएको छ । १५ श्यया क्षमताको अस्पतालबाट हाल ४२ श्ययामा सेवा प्रवाह गर्दै आएको अस्पतालमा सरकारीतर्फ३० जना दरबन्दी भएपनि २२ जना मात्रै कार्यरत छन भने अस्पताल विकास समितिमार्फ् ३३ जना कर्मचारी कार्यरत रहेको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले बताए । यस्तै, अस्पतालमा हाल सरकारी दरबन्दीमा एक मेसु, दुइ मेडिकल अधिकृत, चार स्टाफ नर्स, अनमी, तीन एचए, एक रेडियोग्राफर, दुइ ल्याब टेक्निसियन, असिस्टेण्ट, एक जना, एक जना रेकडर कर्मचारी र दुइ कार्यालय सहायक कार्यरत छन् । अस्पतालले आकस्मिक सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायोलिसस सेवासमेत प्रदान गर्दै आइरहेको छ । पन्ध्र रोपनी १४ आना जग्गामा फैलिएको अस्पताल थप जग्गाको अभावमा स्तरोन्नति हुनसकेको विकास समितिका अध्यक्ष अधिकारीले बताए। उनले भने, ‘अस्पताललाई ५० श्यया क्षेमताका रुपमा स्तरवृद्धि गर्ने तयारी भएपनि आवश्यक जग्गा उपलब्ध भएको छैन । यदि दमौलीका बासिन्दा तथा अन्य सरोकारवाला निकायले यही आवश्यक जग्गा व्यवस्थापन गर्न नसके दमौली बाहिर अन्यत्र आवश्यक जग्गा खोज्नुपर्ने अवस्था आएको छ ।’

यस्तै, सांसद श्रेष्ठले अस्पतालमा सघन उपचार कक्ष सञ्चालनका लागि आवश्यक कोठा उपलब्ध गराउन सकिने भएपनि उक्त सघन उपचार सेवा सञ्चालनका लागि दक्ष जनशक्ति अभाव हुने विकास समिति अध्यक्ष अधिकारीले बताए । उनले भने, ‘सघन उपचार सेवा सञ्चालनका लागि अस्पतालमा आवश्यक कोठा त उपलब्ध गराउन सकिन्छ । प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा सञ्चालित अस्पतालमा हाल कायम रहेको दरबन्दी र जनशक्तिले उक्त सेवा प्रवाह गर्न सम्भव नभएको हुँदा सरोकारवाला निकायले आवश्यक दक्ष जनशक्तिको व्यवस्थापन गरिदिएमा अस्पतालमा सघन उपचार सेवा प्रवाह गर्न सहज हुने छ ।’ वि.सं. २०७२ मा अस्पतालको आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरेको छ । सोही वर्षअस्पतालमा डायलोसिस सेवा शुरु गरिएको, वि.सं. २०७३ मा मानसिक उपचार केन्द्र स्थापना गरिएको अस्पतालमा वि.सं. २०७४ देखि आफ्नै फार्मेसी समेत सञ्चालन गर्दै आएको छ । अस्पतालले चालु आर्थिक वर्षेखि नै सेवाग्राहीलाई सुविधा प्रदान गर्न टोकन प्रणाली पनि लागू गरेको छ । टोकन प्रणाली लागू भएपछि अस्पतालमा स्वास्थ्य परीक्षण गर्न आउने बिरामीले टिकट काट्नको लागि लाइन बस्नुपर्ने झन्झट हटेको छ ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.