आँखाको नानीमा नेपाल आत्मनिर्भर छ ः नेपाल आँखा बैङ्क

काठमाडौँ । आँखा दान गर्नेको सङ्ख्या बढेसँगै आँखाको नानीमा नेपाल आत्मनिर्भर बनेको नेपाल आँखा बैंकले बताएको छ । आँखा दानप्रतिको बद्लिँदो सकारात्मक सोचका कारण दाताको सङ्ख्या बढ्दै गएको बैंकका व्यवस्थापक शङ्करनारायण न्वयनाले बताए । काठमाडौँमा आयोजित ‘आँखा दान तथा सामूहिक श्रद्धाञ्जली सभासम्बन्धी पत्रकार सम्मेलन’ मा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले बैङ्कमा आँखाको नानी सुरुको अवस्थामा विदेशबाट झिकाइने गरेकोमा अहिले देश भित्रबाटै सङ्कलन हुने गरेको जानकारी दिए ।उनका अनुसार अहिले बैंकले देशभित्र अन्य अस्पतालमा समेत प्रत्यारोपणका लागि आँखाको नानी उपलब्ध गराउँदै आएको छ । नेपाल आँखा बैङ्कमा हालसम्म एक लाखभन्दा बढी दाताले मृत्युपर्यन्त आँखाको नानी दान गर्ने प्रण गरिसकेको र १२ हजार भन्दा बढीले आँखाको नानी दान प्राप्त गरी पुनः दृष्टि प्राप्त गरेको उहाँले जानकारी दिए ।

बैंकले सन् १९९४ मा दुई दाताबाट आँखाको नानी सङ्कलन सुरु गरेको थियो । बैंकले हाल वार्षिक एक हजार तीन सय दाताबाट आँखाको नानी सङ्कलन गर्दै आएको छ । सन् २०१८ मा एक हजार एक सय ७८ दाता र सन् २०२२ मा एक हजार ४३ दाताबाट आँखाको नानी सङ्लग्न गरेर प्रत्यारोपण गरिएको छ । नेपाल आँखा बैंकले सन् १९९४ देखि नै मृत्युपश्चात् आँखाको नानी दान गर्ने दाताहरूबाट नानी सङ्कलन, परीक्षण र सञ्चयलगायत आवश्यक परेकालाई नानी उपलब्ध गराउने कार्य गर्दै आएको छ । बैंकले स्थानीय आँखा अस्पतालको समन्वयमा मेची, विराटनगर, लहान, हेटौँडा, भरतपुर, लुम्बिनी, पोखरा र कैलालीमा पनि क्षेत्रीय आँखा नानी सङ्कलन केन्द्रबाट आँखाको नानी सङ्कलन गरिरहेको छ ।

चिकित्सकका अनुसार आँखाको नानीमा सङ्क्रमण भएर, चोट लागेर, जन्मजात फुलो परेर समयमै उपचार नपाउँदा, अशिक्षा, अज्ञानता र गरिबीको कारणले गर्दा र विभिन्न घरेलु तथा अन्य हानिकारक परम्परागत उपचारका कारण आँखाको नानी बिग्रने सम्भावना बढी हुन्छ । आँखाको नानी रोग विशेषज्ञ चिकित्सक डा बन्दना खनालले नेपालमा दृष्टिविहीनको दोस्रो मुख्य कारण आँखाको नानी बिग्रिनु भएको बताउनुभयो । उहाँले आँखाको नानीको प्रत्यारोपण गरी पुनः दृष्टि दिलाउन सकिने भन्दै आँखा दानसम्बन्धी सचेतना बढाउनुपर्नेमा जोड दिए । पत्रकार सम्मेलनमा मृत्युपछि आँखाको नानी दान गर्ने दाताको सम्झना र सम्मानमा उनीहरूको परिवारको उपस्थितिमा शनिबार सामूहिक श्रद्धाञ्जली सभाको आयोजना गरिने बैंकका व्यवस्थापक त्वयनाले जानकारी दिए ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने

गोर्खाको पालुङटार नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले

सबै पढनुहोस »

एकीकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार को तेस्रो नगरपरिषद् सम्पन्न

गोर्खाको पालुङटा नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.