लामो समय बाडुली लाग्दा के गर्ने ?

‘कस्तो बाडुली लाग्यो, कसैले सम्झियो कि क्या हो ।’ यसको भनाइ हरकोहीको सुनिन्छ । बाडुली लागेपछि रोक्नका लागि धेरै जुक्ति लगाइन्छ । कोही पानी पिएर ठीक पार्न खोज्छन् त कोही अन्य उपाय अपनाउन थाल्छन् कसैलाई बाडुली लागेपछि केही छिनमा रोकिन्छ भने कसैलाई अलि लामै समय लागिरहन्छ । बाडुली नरोकिंदा कतिपय ठाउँमा असहज महसुस पनि हुन्छ ।

बाडुली किन आउँछ ?
हाम्रो पाचन वा श्वासप्रश्वास प्रणालीमा गडबडी र अत्यधिक हलचल भएमा बाडुली लाग्न थाल्छ । पेट र फोक्सोको बीचमा रहेको डायाफ्राम अर्थात् करङको मांसपेशी खुम्चिएर फोक्सोले छिटो हावा तान्न थाल्छ, जसकारण व्यक्तिलाई बाडुली लाग्न थाल्छ । त्यस्तै, घाँटीमा खसखस जस्ता कारणले पनि डायाफ्रामको नसा प्रभावित हुँदा बाडुली आउँछ । डायाफ्रामले श्वासप्रश्वास गराउन सहज गराउने भूमिका खेल्छ ।

सामान्य अवस्था
वास्तवमा बाडुली लाग्नुका पछाडि धेरै कारण छन् । खाना घाँटीमा अड्किएर, मसालेदार खानेकुरा खाँदा वा पिरो खाँदा बाडुली आउँछ । यति मात्र होइन कुनै काम उत्सुक भएर गर्दा र नर्भस हुँदा पनि बाडुली लाग्न सक्छ । छिटाछिटो पानी पिउँदा, मदिरा पिउँदा, स्टेरोइड र ट्रयाक्विलाइजरजस्ता औषधिको कारण पनि बाडुली लाग्छ । यस्तो कारणले आउने बाडुली एकछिन लागेपछि आफैं ठीक हुन्छ ।

असामान्य अवस्था
बाडुली विभिन्न रोगको लक्षण पनि हुन सक्छ । डायाफ्रामको पारालाइसिस हुँदा बाडुली लाग्छ । त्यस्तै ग्यास्ट्रिक, मेटाबोलिक डिसअर्डर, दिमागको कुनै भागको नसा सुक्दा, मिर्गौला खराब भएका व्यक्ति, मस्तिष्कमा ट्युमर, निमोनिया, फोक्सो नजिक हुने ट्युमरलगायत समस्या हुँदा बारम्बार बाडुली लाग्न सक्छ । कहिलेकाहीं मानसिक समस्याले पनि बाडुली आइरहने हुन सक्छ । यस्तो अवस्थामा तत्काल उपचार गराउनु जरुरी हुन्छ ।

बच्चामा बाडुली लाग्ने कारण
बच्चाहरुलाई पनि धेरै बाडुली लाग्ने गरेको हामी पाउँछौ । शिशुमा पेट भरिएमा बाडुली लाग्न सक्छ । त्यस्तै अत्यधिक खानेकुरा खाँदा, छिटो निल्दा, खानासँगै हावा पनि निल्दा बाडुली आउन सक्छ । यस्तोमा केही मिनेट वा घण्टाभित्र आफैं हट्छन् र कुनै उपचारको आवश्यकता पर्दैन । तर ४८ घण्टाभन्दा बढी समय बाडुली आएमा भने स्वास्थ्य परीक्षण गराउनु उचित हुन्छ ।

कसरी रोक्ने ?
एकैछिन आएको बाडुलीलाई पानी, दही, कागतीको रस, केही थोपा भेनेगर, मोटो दाना भएको चिनी खाएर निको पार्न सकिन्छ । सासलाई एकैछिन रोकेर राखेमा पनि आउन बन्द हुन सक्छ । त्यस्तै पेपर ब्याग मुखमा केही समय च्यापेर तान्ने र छाड्ने गर्दा पनि जान सक्छ । आँखीभौंलाई मसाज गर्नेजस्ता उपायले कम गर्न सकिन्छ । यसरी पनि नरोकिएमा भने अस्पताल जानु उपयक्त हुन्छ ।

यसरी एक दिनभन्दा बढी पटकपटक बाडुली आएमा स्वास्थ्य परीक्षण गराउनुपर्ने अवस्था हुन्छ । बाडुलीसँग अन्य देखिएको लक्षणको आधारमा स्वास्थ्य परीक्षण गरिन्छ । किनकि बारम्बार बाडुली आउनु धेरै रोगका लक्षण हुन सक्छन् । त्यसको कारण पत्ता लगाई रोगको उपचार गरिन्छ । जस्तै, मिर्गौला खराब, एन्जाइटी, ग्यास्ट्रिक, दिमागमा ट्युमरजस्ता रोग भएमा रोगअनुसारको उपचार हुँदा बाडुली आउन छाड्छ । कतिपय केसमा बिरामीको अवस्था हेरेर बाडुकी रोक्ने औषधि पनि दिइन्छ । औषधि भने जथाभावी खान मिल्दैन । चिकित्सकको सुझावमा विभिन्न परीक्षणपछि पनि बाडुली नियन्त्रण नहुँदा दिइने गरिन्छ ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.