नेपालका जुनसुकै भूगाेलमा बस्ने मानिसहरूकाे समान अधिकार हुनुपर्दछ – पूर्वराष्टति यादव फाेटाे फिचर

काठमाण्डाै, मंसीर २४

नेपालका जुनसुकै भूगाेलमा बस्ने मानिसहरूकाे समान अधिकार हुनुपर्ने कुरा नेपालका प्रथम राष्टपति डा. रामबरण यादवले बताउनुभयाे ।

गाेरखाकाे पालुङटार नगरपालिका साविककाे च्याङली गा.वि.स.मा जम्नेर अाफ्नाे जीवनकालमा साहित्य क्षेत्रमा बिशेष याेगदान पुर्याउनुभएका व्यक्तित्व स्व. तुलसीमान श्रेष्ठकाे छैटाैं स्मृतिसभामा बाेल्दै पूर्व राष्टपति यादवले साे कुरा बताउनुभएकाे हाे । साेही अवसरमा उहाँले देशमा प्राप्त उपलब्धीकाे रक्षा गर्नकाे लागि लाेकतन्त्रलाइ बलियाे बनााउनुपर्ने बताउनुभयाे ।

प्रज्ञा प्रतिष्ठान भवन कमलादीमा साे कार्यक्रम सम्पन्न भएकाे कार्यक्रमकाे अाैचित्यका बारेमा डा. भक्त राइले प्रष्ट्याउनुभएकाे  थियाे ।

तुलसीमान श्रेष्ठ स्मृति समाज का अध्यक्ष प्राध्यापक सीताराम अधिकारीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा हाल अमेरिकामा रहनुभएका स्व. श्रेष्ठका छाेरा निरजमान श्रेष्ठले भर्चुअल माध्यमबाट स्वागत मन्तव्य राख्नुभएकाे थियाे ।

साहित्य क्षेत्रमा याेगदान पुर्याउनुभएका नेपाली साहित्यका जिवित सम्पदा ८६ बर्षीय तुलसी दिवसलाइ पूर्व राष्टपति डा. रामबरण यादवकाे हातबाट सम्मान पत्र सहित नगद रू.२५ हजार प्रदान गरिएकाे थियाे । साेही अवसरमा बाेल्दै दिवसले लाेक साहित्य र समाज धरातल र हावापानी अनुसार हुने भएकाले यसप्रति कसैले नकारात्मक दृष्टिले हेर्न नमिल्ने बताउनुभयाे । साहित्यकै माध्यमबाट अाफूले सयाैं देश भ्रमण गरेकाे उदाहरण दिँदै गीत, नाच, कविता जस्ता साहित्यिक रचनाकाे माध्यमबाट थुप्रै अवसरहरू अाउने समेत बताउनुभयाे ।

साे अवसरमा सम्मानित हुनुभएका व्यक्तित्व तुलसी दिवस, गण्डकी प्रदेश सभाका सदस्य माननीय सुरेन्द्रराज पाण्डे, बिगत बर्षहरूमा सम्मानित भइसक्नुभएका व्यक्तित्वहरू देउडा गायक नन्दकिष्ण जाेशी, प्रा. डा. चुडामणि बन्धु, बरिष्ठ लाेक गायिका ज्ञानु राणा, समाजका सचिव तुलसीनारायण श्रेष्ठ, पालुङटार नगरपालिकाका पूर्व मेयर दिपकबाबु कंडेल लगायतकाले मन्तव्य राखेका थिए ।

 

Facebook Comments Box
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

वनको बाँदर वनैमा कार्यक्रम अन्तर्गत आज विभिन्न स्थानहरूमा वृक्षारोपण

पालुङटार नगरपालिकाकाे १५ अाै नगरसभाबाट पारित नीति, याेजना तथा कार्यक्रम अनतर्गत वनकाे बादर वनैमा कार्यक्रम कार्यन्वयन गर्ने क्रममा मिति २०८१/०३/०५ मा भएकाे वन उपभोक्ता समिति

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.