बेलायतमा नेपालीहरूको जनसंख्या ७२ प्रतिशतले बढ्याे

लन्डन | बेलायतमा नेपालीहरूको जनसंख्या ७२ प्रतिशतले बढेको पाइएको छ। बेलायतको दुई प्रमुख राज्य इंग्ल्यान्ड र वेल्सको जनगणना गर्ने निकाय अफिस फर न्यासनल स्टाटिटिक्स (ओएनएस) ले मंगलबार सार्वजनिक गरेको जातीयतासम्बन्धी तथ्याङ्कलाई आधार मान्दै बेलायतस्थित सेन्टर फर नेपाल स्टडिज (सीएनएस) यूकेले गरेको विश्लेषणमा सो तथ्य पाइएको हो।

सीएनएस यूकेका प्रमुख कार्यकारी निर्देशक लोकेन्द्रपुरुष ढकालले शुक्रबार जारी गरेको विज्ञप्तिमा इङल्यान्ड र वेल्सको जनगणनामा जातीयता नेपाली (गोर्खासमेत) उल्लेख गर्नेहरूको संख्या १ लाख ३ हजार ८७५ पुगेको छ।

यसअघि सन् २०११ को जनगणनामा इङल्यान्ड र वेल्समा जातीयता नेपाली बताउने नेपालीहरूको संख्या ६० हजार २०२ मात्र थियो। एक दशकमा त्यो संख्या ७२.५% प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ।

बेलायतमा रसमोर नेपालीहरूको सबैभन्दा धेरै नेपाली बस्ने क्षेत्र कायमै छ। त्यहाँ नेपालीहरूको संख्या १० हजार ५७५ पुगेको छ। सन् २०११ को जनगणनामा सो संख्या ६ हजार १३१ थियो।

त्यसैगरी दक्षिण पूर्वी लण्डनको ग्रीनविचमा नेपालीहरूको दोस्रो घना बस्ती रहेको क्षेत्रका रुपमा कायमै छ। त्यहाँ नेपालीहरूको संख्या ७ हजार ६४९ पुगेको छ। सन् २०११ को जनगणनामा त्यहाँ ५ हजार ४०७ नेपाली रहेको तथ्याङ्क थियो। त्यसपछि रेडिङ नेपालीहरूको तेस्रो ठूलो बसोबास रहेको स्थान बनेको छ जहाँ नेपालीहरूको जनसंख्या ५ हजार ३४४ देखिएको छ। सन् २०११ को जनगणनामा रेडिङमा २ हजार ७३५ नेपाली थिए।

सन् २०११ को जनगणनामा २ हजार ८०० जनसंख्यासहित नेपालीहरू बस्ने तेस्रो स्थानमा रहेको ब्रेन्टमा भने यो जनगणनामा नेपालीको संख्या घटेर १ हजार ९३५ मा झरेको छ। तथ्याङ्कअनुसार बेलायतका २० वटा स्थानमा नेपालीहरूको संख्या १ हजारभन्दा बढी छ।

सीएनएस यूकेका पूर्व कार्यकारी निर्देशक कृष्ण अधिकारी जनगणनामा नेपालीहरूको संख्या उल्लेख्य वृद्धि हुनुमा पाँच वटा कारण प्रमुख ठान्छन्। पहिलो, बेलायतमा जन्मिएका पहिलो पुस्ताका बेलायती नेपाली।

दोस्रो, सन् २००९ मा गोरखा भूतपूर्व सैनिकहरूलाई बेलायतको आवासीय अधिकार दिइएपछि गोरखा परिवारमा आश्रित वयस्कहरूको बेलायत प्रवेश।

तेस्रो, हङकङमा रहेका ब्रिटिस न्यासनल ओभरसिज (बीएनओ) राहदानीवाहकहरूलाई बेलायतको उदार आवासीय नीति।

चौथो, युरोपका विभिन्न मुलुकमा रहेका नेपालीहरू ब्रेक्जिटपछि युरोपियन युनियनभित्रका बासिन्दालाई बसोबास रोज्न दिइएको ग्रेस अवधिअन्तर्गत बेलायतमा बसोबास गर्नु।

पाँचौँ, बेलायतमा उच्च शिक्षा अध्ययनका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि अनपाइएको खुकुलो नीति।

यसका साथै सन् २०११ को जनगणनाको बेलायतका नेपालीको अनुभव र बेलायतको नेपाली समुदायमा जनगणनाप्रति आएको चेतना तथा प्रमुख संघसंस्थाहरू नै जनगणनाको अभियानमा सामेल हुनुले पनि नेपालीको संख्या बढेको हुन सक्ने अधिकारीको भनाइ छ।

बेलायतमा जातीय अल्पसंख्यकहरू जनगणनामा छुट्न सक्ने ठूलो सम्भावनालाई हेरेर विभिन्न उपायहरू अपनाइए पनि अझै १० देखि १५ प्रतिशत नेपालीहरू जनगणनामा छुटेको हुनसक्ने सीएनएस यूकेको विश्लेषण छ। त्यसको आधारमा बेलायतमा नेपालीहरूको जनसंख्या १ लाख २५ हजारदेखि १ लाख ५० हजारसम्म रहेको सीएनएस युकेको आFकलन छ।

बेलायतका चार राज्यमध्ये स्कटल्यान्डमा कोभिड महामारीका कारण गत वर्ष जनगणना स्थगित गरियो र यस वर्ष मात्र सम्पन्न भएको छ। उता उत्तरी आयरल्यान्डमा गत वर्ष नै जनगणना भए पनि जनगणनाको जातिगत तथ्याङ्क विस्तृत रूपमा सार्वजनिक भइसकेको छैन। तथापि त्यहाँ पनि नेपालीहरूको संख्या इङ्ल्यान्ड र वेल्सकै अनुपातमा वृद्धि भएको हुनसक्ने सम्भावना छ।

सन् २०११ को जनगणनामा स्कटल्यान्डमा नेपालीको जनसंख्या १ हजार २६८ मात्र थियो भने उत्तरी आयरल्यान्डमा अति थोरै संख्या भएकाले उपलब्ध थिएन।

सीएनएस यूकेले बेलायतमा नेपालीहरूको संख्या आगामी दिनमा अझै थपिने अनुमान गरेको छ। नेपालीहरूमा आफ्ना आफन्त र साथीहरू पहिले नै बसोबास गरिरहेको ठाउँमा बसाइ सर्ने प्रवृत्ति हुनु र अहिले पनि अन्तर्राष्ट्रिय विद्यार्थी, वर्क पर्मिटलगायतको बाटोबाट नेपालीहरू बेलायतमा प्रवेश गरिरहेकाले यो संख्या बढ्ने आधार सीएनएस यूकेले दिएको छ।

नेपाली भाषा बोल्नेको संख्या ७४ हजार

यसैगरी, इंग्ल्यान्डमा वेल्समा नेपाली भाषा मूल भाषा हुनेहरूको संख्या करिब ४१ प्रतिशतले वृद्धि भएको छ। सन् २०२१ को जनगणनाअनुसार नेपाली भाषा बक्ताको संख्या ७४ हजार ३६८ पुगेको छ। सन् २०११ मा सो संख्या ५२ हजार ७८५ मात्र थियो। नेपाली भाषा इङल्यान्ड र वेल्समा २१औँ स्थानमा परेको छ।

गत जनगणनामा पनि नेपाली भाषा सोही स्थानमा रहेको थियो। सीएनएस यूकेका अनुसार ओएनएसले नेपाली समुदायलाई साना अल्पसंख्यक जातीय समुदायभित्र राखेर यस वर्ष पनि अनुसन्धान गरिरहेको छ।

सन् २०११ मा सिएनएस यूकेको निरन्तरको पहलपछि ओएनएसले नेपालीलाई साना अल्पसंख्यक जातीय समुदायको अध्ययनमा समावेश गरेको थियो। सो अध्ययनको तथ्याङ्कहरू बाहिर आएपछि नेपाली समुदायलाई जानकारी गराउने सीएनएस यूकेले बताएको छ।

सीएनएस यूकेले जनगणना राज्यको आधिकारिक तथ्याङ्क हुने भएकाले त्यसमा नेपालीहरूको वास्तविक संख्या दर्ज हुन सके सरकारी तथा गैरसरकारी निकायबाट नेपालीहरूमाथि विभिन्न नीतिगत योजना ल्याउन सजिलो हुने भन्दै लामो समयदेखि अभियान गर्दै आएको छ।

गत वर्षको जनगणनामा बेलायतमा रहेका नेपालीहरूको सक्रिय सहभागिता रहेको निस्कर्ष निकाल्दै सिएनएस यूकेले यसमा सहयोग पुर्‍याउने गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके लगायत सबै नेपाली सामुदायिक संघसंस्था व्यक्ति तथा सन् २०२१ को जनगणनामा सीएनएस यूकेका तर्फबाट गरिएको सामुदायिक अभियानको संयोजनका लागि सीएनएस यूकेका अनुसन्धाता नरेश खपांगी मगरप्रति धन्यवाद ज्ञापन गरेको छ।

Facebook Comments Box
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

वनको बाँदर वनैमा कार्यक्रम अन्तर्गत आज विभिन्न स्थानहरूमा वृक्षारोपण

पालुङटार नगरपालिकाकाे १५ अाै नगरसभाबाट पारित नीति, याेजना तथा कार्यक्रम अनतर्गत वनकाे बादर वनैमा कार्यक्रम कार्यन्वयन गर्ने क्रममा मिति २०८१/०३/०५ मा भएकाे वन उपभोक्ता समिति

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.