गाेरखा क्याम्पसलाइ क्यूएए प्रमाणपत्र प्रदान

गोरखाको एक मात्र सरकारी क्याम्पस गोरखा क्याम्पसले विश्वविद्यालय अनुदान आयोगकाे गुणस्तर सुनिश्चितता तथा प्रत्यायन(क्यूएए) प्रमाणपत्र प्राप्त गरेको छ ।

बुधबार अायाेजित एक समारोहमा गोरखा क्याम्पसका प्रमुख रामशरण बानियाँलाई आयोगका अध्यक्ष भीमप्रसाद सुवेदीले सो प्रमाणपत्र प्रदान गर्नुभएकाे हाे ।

शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसमा विश्वविद्यालय अनुदान आयोगबाट प्रत्यायनकृत गरेको आयोगले जनाएको छ । संस्थागत गुणस्तर परीक्षणका सबै चरणहरु पार गरी प्रत्यायनकृत भएकाले आयोगले बुधबार एक समारोहको आयोजना गरी प्रमाणपत्र प्रदान गरेको जनाइएको छ ।

प्रमाणपत्र हस्तान्तरण समारोहमा सहभागी हुन क्याम्पस संचालक समितिका अध्यक्ष तथा क्याम्पस प्रमुख रामशरण बानियाँ, आन्तरिक गुणस्तर सुनिश्चितता समितिका संयोजक सञ्जय अधिकारीसहित प्राध्यापक संघ, कर्मचारी संघका प्रतिनिधिहरु र स्वमूल्याङ्न टोली अनुदान आयोग पुगेका थिए ।

२०३५ सालमा स्थापना भएको त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस गोरखा क्याम्पसले २०७४ सालदेखि नै क्यूएए प्राप्त गर्नका लागि प्रक्रिया सुरु गरेको थियो । पाँचवर्षपछि गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रक्रियामा सहभागी भई संस्थागत गुणस्तर परीक्षणमा सबै चरण पूरा गरी क्यूएए प्रमाणपत्र प्राप्त गर्न सफल भएको क्याम्पस प्रमुख बानियाँले जानकारी दिनुभयाे ।

प्रक्रिया सुरु भएपछिको अवधिमा क्याम्पसको शैक्षिक, भौतिक र प्रशासनिक क्षेत्रमा धेरै सुधार भएको उहाँले बताउनुभयाे । क्यूएए मान्यता प्राप्त गरेसँगै अब क्याम्पसको शैक्षिक गुणस्तरलाई विश्वभरका विश्वविद्यालयहरुले मान्यता दिनेछन् । गोरखा क्याम्पस गोरखाको दोस्रो क्यूएए प्राप्त गर्ने क्याम्पस बनेको छ । यसअघि द्रव्य शाह क्याम्पसले सो क्यूएए प्राप्त गरिसकेको छ ।

क्यूएए के हो ?

क्यूएए (क्वालिटि एसुरेन्स एण्ड एक्रेडिटेशन) गुणस्तर सुनिश्चितता एवं प्रमाणिकरण एउटा प्रक्रिया हो, जहाँ कुनै आधिकारिक निकायले क्याम्पसलगायत उच्च शिक्षामा संलग्न संस्थाहरुको विभिन्न मापदण्डहरुमा गुणस्तर मापन गर्दछ । ती मापदण्ड पूरा गर्ने शैक्षिक संस्थालाई गुणस्तर सुनिश्चितताको प्रमाणपत्र प्रदान गर्दछ ।

यो भनेको शैक्षिक गुणस्तरमा वृद्धि गरी अध्ययन अध्यापन कार्यलाई अझ प्रभावकारी र व्यावहारिक बनाउने प्रक्रिया हो । अर्थात क्यूएए प्राप्त क्याम्पसहरुमा गुणस्तरीय पढाइ हुन्छ भन्ने कुराको प्रमाणीकरण हो । नेपालमाा उच्च शैक्षिक संस्थाहरुलाई विश्वविद्यालय अनुदान आयोगले क्यूएए प्रदान गर्दै आएको छ ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.