गोरखाको द्रब्यशाह क्याम्पसलाई करिब१० करोड आर्थिक सहयोग प्राप्त

गोरखा सदरमुकाममा अबस्थित द्रब्यशाह बहुमुखी क्याम्पसलाई अमेरीकी नागरीक जेनिस हिव्पलद्धारा झन्डै १० करोड रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । सहयोग स्वरुप क्याम्पसको दिगो बिकास तथा दक्ष जनशक्ति उत्पादनको लागि ९ करोड ७८ लाख रकम प्राप्त भएको क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले जानकारी दिनुभयो ।

क्याम्पस प्रमुख्र दुवाडीका अनुसार प्राप्त रकम ‘जेनिस ह्व्पिल क्याम्पस विकास कोष’ स्थापना गरी जम्मा गरिएको छ । कार्तिक २३ गते बसेको क्याम्पस सञ्चालक समितिको वैठकले उक्त ‘जेनिस ह्व्पिल क्याम्पस विकास कोष’ पारित गरी उक्त रकम सञ्चालन गर्नका लागि संचालन कार्यविधि २०७९ तयार पारेको क्याम्पस उहाँले बताउनुभयो ।

कार्यविधिका अनुसार छात्रवृत्ति, पुरस्कार, अतिरिक्त लगायतका विद्यार्थी लक्षित कार्यक्रमका लागि १० प्रतिशत, अनुसन्धान तथा क्षमता अभिवृद्धि, वृद्धिविकास र अध्ययनका १० प्रतिशत र क्याम्पसमा कार्यरत जनशक्तिको कल्याणकारी कार्यमा १५ प्रतिशत रकम खर्च गर्न पाइने छ । त्यस्तै, २५ प्रतिशत रकम कोषमा नै थप गरिने छ, भने ४० प्रतिशत रकम क्याम्पस संचालनका लागि खर्च गर्न सकिने कार्यविधि बनाएको छ ।

उहाँ २०४९ र २०६१ सालमा गोरखा आउनुभएको थिए । दोस्रो पटक नेपाल भ्रमणमा आउँदा संस्थापक क्याम्पस प्रमुख एवं पूर्व अध्यक्ष मोहननारायण श्रेष्ठको समन्वयमा क्याम्पसका संरक्षण सदस्य अमेरिकी नागरिक जेनिसले द्रव्यशाह क्याम्पसको दिगो विकास र संचालनका लागि आफ्नो बाँकी रहेको नीजि सम्पति आफ्नो मृत्युपछि क्याम्पसलाई प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

सो रकमबाट क्याम्पसको गुणस्तरवृद्धि गर्न, आर्थिक रुपमा पछाडी परेका जेहेन्दार, दलित, अल्पसंख्यक तथा लोपोन्मुख विद्यार्थीहरुलाई थप आकर्षण गर्न सहयोग पुग्ने क्याम्पस प्रमुख रामचन्द्र दुवाडीको भनाई छ ।वार्षिक व्याजबाट क्याम्पसलाई करिब एक करोड रुपैयाँ प्राप्त हुने र यसले क्याम्पसको आन्तरिक चालु खर्चमा प्रयोग गर्ने र दीर्घकालीन स्थायी स्रोत रहन समेत सफल हुने क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष धिरजबहादुर मास्केले बताउनुभयोे।

क्याम्पसलाई आर्थिक सहयोग गरेका जेनिसको सन २०२० फेब्रअरी १ मा मृत्यु भएको थियो । जेनिसले यसअघि २०७० सालमा शिक्षक कर्मचारी क्षमता वृद्धिका लागि आठ लाख ६० हजार आर्थिक सहयोग गरेका थिए।

साभारः नागरिक सवाल

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.