मंसीर ४ काे निर्वाचनका लागि पालुङटार ७ मा कार्यालय स्थापना

अागामी मंसिर ४ मा हुन गइरहेकाे प्रतिनिधी सभा र प्रदेश सभाकाे निर्वाचनलाइ लक्षित गरी गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीकाे बिरूवाटारमा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिएकाे छ । अाज सम्पर्क कार्यालयकाे उदघाटन संगै भएकाे प्रशिक्षण कार्यक्रम समेत गरिएकाे थियाे ।

पालुङटार ७ का नेपाली काँग्रेस वडा सभापति कृष्णजी श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न भएकाे प्रशिक्षण कार्यक्रममा ने.क.पा. माअाेवादी केन्द्रका केन्द्रीय सचिव हितराज पाण्डले निर्वाचन रणनितीसम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएकाे थियाे ।

कार्यक्रममा माअाेवादि केन्द्रका केन्द्रीय सदस्य खाेप बहादुर कंडेल, गठबन्धनबाट प्रदेश सभाका उम्मेदवार फडिन्द्र देवकाेटा, पालुङटार नगरकमिटीका मदन देवकाेटा, बन्दना पाण्डे लगायतकाकाे उपस्थिति रहेकेा थियाे ।

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.