बिहीबार देशभरका सामुदायिक माध्यमिक विद्यालयमा पेनडाउन गरी पठनपाठन बन्द

काठमाडौं–

कक्षा ११ र १२ मा अध्यापन गर्ने शिक्षकले बिहीबार देशभरका सामुदायिक माध्यमिक विद्यालयमा पेनडाउन गरी पठनपाठन बन्द गरेका छन्।

सात लाख विद्यार्थी अध्ययन गर्ने ११ र १२ कक्षाका लागि ३० वर्षदेखि स्थायी दरबन्दीका शून्य शिक्षक रहेको भन्दै आन्दोलन गरिरहेका उनीहरूले पेनडाउन गरी पठनपाठन बन्द गरेका हुन्।

विद्यालयमा आधारभूत, निम्नमाध्यमिक तथा ९ र १० कक्षाको माध्यमिक तहका साथै विश्वविद्यालय तहमा मात्र स्थायी शिक्षकको व्यवस्था गरेर सरकारले लामो समयदेखि ११ र १२ कक्षालाई उपेक्षा गरी शैक्षिक गुणस्तर कमजोर बनाउने र कार्यरत शिक्षकको भविष्यसमेत अनिश्चित बनाएकाले पेनडाउन गर्न बाध्य भएको माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन)का अध्यक्ष दीपकराज सुवेदीले बताए।

११ र १२ कक्षाका लागि अनुदानका चार हजार र अस्थायी दरबन्दीका दुई हजार शिक्षक कार्यरत छन्। शिक्षक अभावका कारण वर्षौँदेखि कार्यरत आंशिक शिक्षकलाई न्यून पारिश्रमिकमा दैनिक ५ देखि ६ पिरियडसम्म पढाउन लगाउने गरिएको हिस्टुनको दाबी छ।

यसरी कार्यरत शिक्षकलाई शिक्षा ऐनमा एकपटकका लागि आन्तरिक प्रतिस्पर्धाको मौका दिनुपर्ने, महाश्रम शर्मा नेतृत्वको उच्चस्तरीय शिक्षा कार्यदलको प्रतिवेदनले दिएको सुझावअनुसार थप सात हजार आठ सय शिक्षकको दरबन्दी सिर्जना गरी तत्कालका लागि शिक्षकको अस्थायी पदस्थापन गर्नुपर्ने, शिक्षक सेवा आयोगबाट कक्षा ११ र १२ का लागि स्थायी दरबन्दीको विज्ञापन खुलाउनुपर्नेलगायत उनीहरूको माग छ।

त्यस्तै, ११ र १२ कक्षामा पढाउने आंशिक, अस्थायी र अनुदान शिक्षकको दैनिक पिरियड र मर्यादाक्रम निर्धारण गर्नुपर्ने, शिक्षक अनुमतिपत्रको अन्योल हटाउनुपर्ने माग उनीहरूले राखेका छन्।

युनियनका अध्यक्ष सुवेदीले सरकारले तत्काल माग सुनुवाइ नगरे तिहारलगत्तै शिक्षकले पेनडाउन गरी राजधानीकेन्द्रित कडा आन्दोलन गर्ने चेतावनी दिए।

संविधानमा कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्थापछि ०७५ मा निःशुल्क तथा अनिवार्य शिक्षासम्बन्धी कानुन जारी गरिएको छ।

तर, सरकारले शिक्षक व्यवस्था गर्न नसक्दा देशभरका ११ र १२ कक्षा अध्ययन हुने सबै सामुदायिक विद्यालय विद्यार्थीबाट शुल्क लिन बाध्य बनेको हिस्टुनको भनाइ छ।

Facebook Comments Box
अन्तर्राष्ट्रिय
गोर्खा संसार

अलहासा गोल्डकपको प्रथम र द्वितीय उपाधी युनाईटेडले चुम्यो।

ओम बहादुर कुमाल/ साउदी अरेबिया अलहासा फुटबल क्लबद्वारा आयोजित गोल्डकपमा युनाइटेडको सेती र हरियो गरि जम्मा १४ टिम सहभागी प्रतियोगितामा एउटै टिम युनाईटेड सेतो र

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

हिमालय क्षेत्रमा वातावरण परिवर्तन सम्वन्धी ३ दिने अन्तराष्ट्रिय सेमिनार भदौ २८ बाट हुने

काठमाडौं । जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पार्ने प्रभावहरूका सम्वन्धमा ३ दिने अन्तराष्ट्रिय सेमिनार हुने भएको छ ।भदौ २८, २९ र ३० गते काठमाडौंमा हुने सेमिनारका

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

पर्यटन व्यवसायमा कोशेढुङ्गा साबित हुँदै बन्दीपुर केवलकार

 तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार सञ्चालनमा आएपछि चलपहल बढेको छ। गत जेठ ३१ गतेदेखि केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएपछि केबलकार चढ्न चहलपहल बढेको हो।बन्दीपुर केबलकार

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

लाखेनाच प्रतियोगितामा डुम्रे नेवा: पुच डुम्रे प्रथम

भाद्र २२ पालुङटार / रबिन्द्र कँडेलगाेर्खाकाे पालुङटारकाे बिरुवाटारमा शनिबार भएकाे लाखे नाच प्रतियोगितामा डुम्रे नेवा पुच, डुम्रे प्रथम बनेकाे छ भने प्रथम पुरस्कार नगद रु

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

बन्दिपुरकाे तीजगीत प्रतियोगितामा एकता मगर समाज प्रथम

भाद्र २२ बन्दिपुर / डिपि अधिकारीतनहुँको पर्यटकीय नगरी बन्दिपुरमा जारी तीज सप्ताहन्न उत्सव शनिबार सकिएकाे छ । उक्त कार्यक्रम अन्तरगत भएकाे तीज गीत प्रतियोगितामा एकता

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

पालुङटार ७ मा आयोजना गरिएको तीज गीत प्रतियोगितामा सिर्जना महिला समूह प्रथम

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा वडास्तरीय महिला सञ्जालको आयोजनामा आज सम्पन्न भएको तीज गीत प्रतियोगितामा सिर्जना महिला समूह प्रथम भएको छ।कोठाभित्रका नौ टिमको

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.