पालुङटार नगरपालिकाको ११औ नगरसभा शुरू, आर्थिक वर्ष २०७९/८० को लागि रु ८२ करोड ६० लाख रुपिया बजेट सार्वजनिकरण

पालुङटार नगरपालिकाको ११औ नगरसभा

पालुङटार नगरपालिकाको एघारौं नगरसभा शुरुवात संगै आर्थिक वर्ष २०७९/८० को लागि रु ८२ करोड ६० लाख रुपिया बजेट सार्वजनिकरण गरिएको छ ।

ऐतिहासिक, राजनीतिक पुरात्वातिक र पर्यटकीय दृस्टीकोणले महत्वपूर्ण, शैक्षिक, सास्कृतिक, सामाजिक, महत्व रहेको गोरखा जिल्लाको यस पालुङटार नगरपालिकाको गरिमामय ११ औ वार्षिक नगरसभा आज २०७९ साल असार ९ गते बिहिबारका दिन आ.व ०७९/०८० को नीति तथा कार्यक्रम विधिवत रुपमा सार्बजनिकरण भएको छ l एघारौं नगर सभाको नीति तथा कार्यक्रमको उद्दघाटन नगर प्रमुख श्री विवस चिन्तन ज्यूले पानसमा बत्ती बाली सभा उद्दघाटन गर्नुभएको थियो l सभाले आगामी आ.व. ०७९/०८० को लागि नगर कार्यपालिका तथा सम्पूर्ण बिषयगत समिति समक्ष नीतिगत मार्गनिर्देशन र यस नगरसभामा आ.व. ०७९/०८० का लागि प्रस्तावित नीति तथा कार्यक्रम सभाका सभाध्यक्ष तथा नगर प्रमुख विवस चिन्तन ज्यूले प्रस्तुत गर्नु भएको थियो भने ०७९/०८० को बजेट नगर उप प्रमुख बन्दना पाण्डे ज्यु ले प्रस्तुत गर्नु भएको थियो ।

नीति तथा कार्यक्रममा नगरपालिका भित्रका सवै घरमा नगर पालिकाको तर्फबाट घर नम्बर सहितको धातुको स्टिकर वितरण गर्ने र आबश्यक न्यूनतम तथ्याङ्क वडामा र नगरपालिकामा राख्ने व्यवस्था घोषणा गरिएको छ । “समाजवादको आधार निर्माणको अभियान, सुन्दर र समृद्ध पालुङटार हाम्रो शान“ भन्ने नारा सहित प्रशासनिक एबं राजनैतिक क्षेत्रवाट हुने भ्रष्टचार, ढिला सुस्ती र पक्षपातलाई नियन्त्रण गरी सुशासन कायम गर्न आर्थिक पारदर्शिता, मितव्ययिता बनाउने तर्फ नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । विपद जोखिमलाई न्यूनिकरण गर्नका लागि नगरपालिका भित्रका सम्भावित जोखिमको नक्शाकंन गरि प्रभावकारी योजनाहरु निर्माण गरि प्राथमिकताको आधारमा संघीय र प्रदेश सरकारसंग योजना तथा कार्यक्रमहरु माग गरि कार्यान्वयन गर्ने नगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको छ । मेयरसंग बालबालिका कार्यक्रमलाई पनि नगरपालिकाले निरन्तरता दिएको छ । नगरपालिकाले दलित तथा अपांगता भएकाहरुलाई बिबिध बिषयमा सीपमुलक तालिमको ब्यबस्था गरि क्षमता अभिवृद्धि श्रमिकहरुको न्युनतम पारिश्रमिक पुर्नमुल्यांकन सहित निर्धारण गर्ने तथा जेष्ठ नागरिक, अपाङ्ग, एकल महिला आदिलाइ दिइने सामाजिक सुरक्षा भत्ता बैंक मार्फत घर–घरमा उपलब्ध गराउने ब्यबस्था गर्ने घोषणा गरेको छ । प्रत्येक वडामा ‘एक वार्ड, एक पोखरी’ निर्माणको नीति लिई पोखरी निर्माण गरी सिमसार क्षेत्रको संरक्षण र बिरुवारोपण नीतिलाई अबलम्बन गरिने, जनयुद्ध, जनआन्दोलन लगायतका परिवर्तनकारी आन्दोलनमा सहादत प्राप्त महान् शहिद हरुको सम्मान र सम्झनामा नगर स्तरीय सहिद स्मृति पार्कको स्थापना तथा सोको विकासका लागि आवश्यक कार्यक्रम घोषणा गरिएको छ । लिगलिग कोटमा गन्धर्व संग्राहलय सहित थप पर्यटकीय पूर्वाधार विकास गर्ने, अनिवार्य अवकास प्राप्त महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई ५० हजार रुपैया उपलब्ध गराउने, जेष्ठ नागरिकलाई घर घरमा निशुल्क स्वास्थ्य परीक्षण, उप–प्रमुखसँग सुत्केरी महिला तथा शिशु कार्यक्रम ३ हजार थप गरी ५ हजार रुपैया पुर्याउने घोषणा नगरपालिकाले गरेको छ । त्यस्तै गर्भवती महिलालाई बच्चा जन्माउनका लागि अस्पताल वा बर्थिङ सेन्टरसम्म पुग्न निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने र गर्भवती महिलाको लागि घर–घरमा पुगी स्वास्थ्य परीक्षण गर्ने ब्यबस्था नगरपालिकाले गर्ने घोषणा गरेको छ । नगरपालिका भित्र स्थापना हुने कृषि तथा पशु फर्ममा साबिकमा लिंदै आएको दर्ता, नवीकरण शुल्कमा ५० प्रतिशत छुट दिने नीति तथा कार्यक्रममा उल्लेख छ । पुष्प खेती गर्ने किसानलाई प्रोत्साहन स्वरुप बीउ र बिरुवा खरिदमा अनुदान उपलब्ध गराउने नीति नगरपालिकाले अख्तियारी गरेको छ । नगर भित्र एक सुबिधा सम्पन्न सभाहल सहितको ब्यबसायिक भवन निर्माण, नगरपालिकाको सुब्यबस्थित विकासको लागि आर्थिक, सामाजिक, भौतिक, शैक्षिक, ऐतिहासिक, पर्यटकिय स्थल लगायतका क्षेत्रलाई समेटर नगर चक्रपथको निर्माण गर्ने कार्यलाई अगाडि बढाउने घोषणा नगरपालिकाले गरेको छ । नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नगरक्षेत्र भित्रका व्यापारिक बजार क्षेत्र तथा अन्य महत्वपुर्ण सार्वजनिक स्थलहरुमा सिसि क्यामेरा जडान गरी निगरानी गर्ने व्यवस्था मिलाउने, नगर भित्रका सबै सामुदायिक बिद्यालयमा इन्टरनेट सेवा विस्तार गर्ने नीति लिईएको छ । नगरप्रमुख बिबस चिन्तन ज्युले सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा नगर भित्रका ऐलानी, पर्ती तथा सार्वजनिक जग्गाहरुको खोजी गरी संरक्षण गर्ने, सार्वजनिक जग्गाहरुको अतिक्रमण पूर्ण रुपमा रोक्ने तथा अव्यवस्थित वस्ती तथा भूमिहिनहरुको समस्या समाधानका लागि आबश्यक पहल गर्ने घोषणा गरिएको छ ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

सौर्यको विमानमा मृत्यु भएकाहरूको सब परिवारलाई बुझाउन थालियो

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्न लाग्दा दुर्घटनामा परी मृत्यु भएका १८ जना मध्ये १२ जनाको सब परिवारलाई हस्तान्तरण गरिसकिएको बताइएको छ। मृतक सबैको पोस्टमार्टम

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.