लुम्बिनी घुमेर फर्कदै गर्दा बस दुर्घटना, मिरकाेटका २२ जना घाईतेहरूकाे नामावलीसहित

गोरखा । गोरखाको पालुङटार नगरपालिका वडा नं ९  मिरकाेटबाट आमा समूहका मानिसहरुलाई लिएर घुम्न गएको बस दुर्घटनामा परेर घाईते हुनेहरुको नामावली प्राप्त हुन आएको छ ।
आज दिउसो बुटवलबाट गोरखा तर्फ आउदै गरेको ग. १ ख ५८९२ नम्बरको बस बर्दघाट नगरपालिका ४ को दाउन्ने उकालोमा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय दाउन्नेले जानकारी दिएको हो ।
साे बसमा ३१ जना सवार रहेकाे अन्य केहीकाे भने नामावली प्राप्त हुन बाँकी रहेकाे छ । यसै बिच दुर्घटनामा परी बसमा सवार सबै घाईते भएकाहरुको बर्दघाट स्थित रहेको चिसापानी सामुदायिक अस्पताल सामान्य उपचार पछि अहिले बुटवलको सिटी अस्पताल र चाैराह अस्पताल लगिएको छ ।
प्रहरी कार्यालयका अनुसार ३ वटा एम्बुलेन्समा १६ जनालाई पठाई सकिएको र अन्यलाई पनि पठाउने तयारी भईरहेको छ । दुर्घटनामा परी सबैलाई शरिरको विभिन्न भागमा चोट लागेको छ । बस सडकबाट ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा पर्नेहरुको नामावली

१) गोरखा जिल्ला पालुङटार नगरपालिका ९ निवासी बर्ष ३७ का सुर्यबहादुर लामा
२) सोही स्थान बस्ने बर्ष ३५ की मिना लामा
३) बर्ष ७० का बहादुर लामा
४) ४० की निरन लामा
५) ३३ की सुमित्रा लामा
६) ४२ की अनिता लामा
७) १५ की जस्मिन लामा
८) ४६ का कुबेर लामा
९) ४२ की उर्वी लामा
१०) १८ की मंगली लामा
११) ६३ की जुनीमायाँ गुरुङ
१२) ६१ का दिलबहादुर गुरुङ
१३) सम्चवली तामाङ
१४) टेकमायाँ तामाङ
१५) आर्दश तामाङ
१६) अन्जना लामा
१७) मिरा लामा
१८) योंग लामा
१९) सिरुमायाँ लामा
२०) धनबहादुर तामाङ
२१) सुर्य लामा
२२) कुबेर लामा

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.