गाेरखामा अाेंकार याेग अायुर्वेद गु्रूकुलकाे शिक्षा सचिव काेइरालाद्वारा शिलान्यास

गाेरखा, बैशाख ३ गते 

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीस्थित मर्स्याङदी नदी किनारमा अवस्थित चुनीघाटमा रहेकाे अाेंकार याेग अायुर्वेद वैदिक गुरूकुलकाे भवन अाज एक कार्यक्रमका बीच योगगुरु स्वामी गोविन्द प्रपन्नाचार्यको सत्सान्निध्यमा “शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय”का सचिव यादव प्रसाद काेइरालाले शिलान्यास गर्नुभएकाे छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयकाे राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४ काेठे भवनकाे लागि प्राप्तहुने ३६ लाख रकम, एवं नगरपालिकाको ७ लाख एवं अन्य चन्दा दाताहरूको दानदातव्य लगायतको श्रोतबाट समेत सहयोग संकलन गरी थप ४ काेठाको तला थपिनेगरी निर्माण हुनलागेको ८ कोठे भवनकाे शिलान्यास अाज गरिएकाे हाे ।

गुरुकुल सञ्चालन समितिका अध्यक्ष एवं पालुङटार नगरपालिकाका नगरप्रमुख इ. दिपकबाबु कंडेलकाे अध्यक्षतामा सम्पन्न साे कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा बाेल्दै सचिव काेइरालाले विश्व शान्ति राष्ट्रकल्याण, मानवीय चेतनाको उद्विकास र प्राणी मात्रको कल्याणका लागि वैदिक मन्त्रकाे भूमिका महत्त्वपूर्ण रहने कुरा विचार व्यक्त गर्नुभएकाे थियाे । साथै वहाँले गुरुकुलको परिपूर्ण उन्नतिले नै मानव समुदाय लगायत प्राणी जगत्को भलो हुने जिकिर गर्दै:- यो गुरुकुल निर्माण अभियानलाई पूर्णता दिन यथासक्दो, चन्दादान,मुष्ठिदान,शिलादान अादि प्रकल्प मार्फत् सक्दो सहयोग गर्न सबै जनालाई अनुरोध तथा अाह्वान समेत गर्नुभएको थियोे । पछिल्लाे समय गुरुकुल, गुम्बा अादि परम्परागत विद्यालयको अवस्था दयनीय बन्दै गएकाे अवस्थामा यसकाे संरक्षण गर्ने उद्देश्यका साथ उपरोक्त शैक्षिक संस्था सञ्चालनका लागि नेपाल सरकारबाट भवन निर्माणार्थ केही बजेट बिनियाेजन गर्ने परम्पराको थालनी गरिएकाे समेत उहाँले बताउनुभयाे । सचिव काेइराला तथा गुरुकुलका संस्थापक गुरु गाेविन्द प्रपन्नाचार्य (रेग्मी)बाट वैदिक मन्त्राेच्चारण सहित स्वस्ति-शान्तिको कामना गर्दै शिलादान, तथा शिलान्यास गरिएकाे थियाे । अाचार्यजी एवं गुरुकुलका बटुकहरूले संयुक्त सुमधुर वैदिक स्वरमा स्वस्तिवाचन गरेपछि, नगरप्रमुख, वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठसहित, व्यक्तित्वहरूलाई शिलादान गरी साे शिला भवन निर्माणस्थलमा राखेर पुजापाठ गरिएकाे थियाे । शिक्षा सचिव कोइरालाको भनाइलाई उध्रित गर्दै नगर प्रमुख एवं गुरूकुलका अध्यक्ष कंडेलले यस संस्थानलाई एक सामान्य गुरुकुल मात्र नभइ मेडिटेसन सेन्टर तथा रिसर्च सेन्टरकाे रूपमा समेत बिकास गर्दै लैजाने लक्ष रहेकाे बताउनुभएकाे थियाे । कार्यक्रममा गाेरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी शंकरहरि अाचार्य, शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयका सह सचिव युवराज सुवेदी र डा. हरि प्रसाद लम्साल, शिक्षा बिकास तथा समन्वय इकाइ गाेरखाका प्रमुख विष्णु प्रसाद भट्टराई, भानुस्थित नेपाली सेनाका गणपति प्रमुख सेनानी हिमाञ्चलजंग शाह, गाेरखा पाेलिटेक्निक ठाँटीपाेखरीका प्रमुख प्रदीप बसाैला, भावनी मा.वि.का प्रधानाध्यापक माधवराज देवकाेटा, इलाका प्रहरी कार्यालय ठाँटीपाेखरीका प्रमुख प्रताप पाैडेल, जिल्लास्थित बिभिन्न सञ्चारमाध्यमका पत्रकारहरूकाे समेत उपस्थिति रहेकाे थियाे ।

साे गुरुकुलकाे अवधारणा बि.सं.२०७६ सालमा घरमा भाडामा लिई सञ्चालन गरिएको थियाे । २०७७ सालमा विधिवत रूपमा पालुङ्टार नगरपालिकाबाट कक्षा ६ देखि ८ सम्म सञ्चालन गर्ने स्वीकृती प्राप्त गर्नुका साथै नगरपालिकाबाट उक्त स्थानमा भाेगाधिकारकाे लागि झण्डै ५० राेपनीभन्दा बढी जग्गा प्राप्तिसँगै उक्त स्थानमा सञ्चालनमा रहेकाे छ । यस अघि गत वर्ष नगरपालिकाकाे बजेटबाट एक अस्थायी भवन निर्माण गरी साे स्थानमा कक्षा सञ्चालन गरिँदै अाएकाे छ ।

हाल साे गुरूकुलमा गाेरखा, कालीकाेट, चितवन, सिन्धुपाल्चाेक र तनहुँ लगायतका जिल्लाहरूबाट विद्यार्थीहरू अाएर अावासीय रूपमा अध्ययन गरिरहनुभएकाे छ । हाल १० जना अावासीय रूपमा अध्ययन गरिरहेकाेमा अागामी शैक्षिक वर्षदेखि अरू थप विद्यार्थी भर्ना गरिने बताइएकाे छ ।

 

 

Facebook Comments Box
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

वनको बाँदर वनैमा कार्यक्रम अन्तर्गत आज विभिन्न स्थानहरूमा वृक्षारोपण

पालुङटार नगरपालिकाकाे १५ अाै नगरसभाबाट पारित नीति, याेजना तथा कार्यक्रम अनतर्गत वनकाे बादर वनैमा कार्यक्रम कार्यन्वयन गर्ने क्रममा मिति २०८१/०३/०५ मा भएकाे वन उपभोक्ता समिति

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.