बारपाक गाउँ पूरै हिउँले ढाक्याे

गाेरखाकाे पर्यटकीय गाउँ बारपाक यतिबेला हिउँले ढपक्कै ढाकेको छ । यस बर्ष पहिलाेपटक बारपाक पूरै ढाक्ने गरी हिउँ परेकाे बारपाकका पुर बहादुर घलले बताउनुभयाे । हिउँले पूरै गाँ ढाकेकाे छ हामी घरबाट बाहिर निस्केर हिउँ खेलिरहेका छाैंं, रमाइलाे भइरहेकाे छ । उहँाले बताउनुभयाे ।

घलेका अनुसार बारपाकका युवा युवतीहरू तथा प्राैढहरू हिउँ खेलेर रमाइरहेका छन भने बुढाबुढीहरू घरभित्रै अागाे तापेर बसिरहेका छन् । हिउँले गाउँ पूरै सेताम्य भएकाे छ, रमाइलाे देखिएकाे छ ।

समुन्द्री सतहबाट १९ सय मिटर उचाइमा रहेकाे बारपाक गाउँमा ११ सय घरधुरी रहेका छन् । त्यस्तै गरी २७०० मिटर उचाइमा रहेकाे एकिकृत नमुना बस्ती गुप्सीपाखामा भने बिगत १ महिनाअघिदेखि नै हिउँ परिरहेकाे स्थानीयले बताएका छन् ।

२७०० मिटर उचाइको गुप्सीबस्तीमा एक महिनादेखि हिउँ जमेपनि तल्लो गाउँमा भने अहिले परेको स्थानीयले बताएका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.