एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ६१ ललितपुरकाे ३०औँ वार्षिक साधारण सभा सम्पन्न

माघ १४,गाेरखा ।

एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ६१ ललितपुरले माघ १४ गतेका दिन ३०औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

साँझ ७ः३० बजे १ घण्टासम्म चलेको कोभिडको वर्तमान अवस्थाका कारण जुम मिटिंग मार्फत कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा प्रभावशाली मानव अभियन्ता विपिन बुढाथोकी प्रमुख अतिथि थिए ।

कार्यक्रममा प्रमुख अतिथिका साथमा संस्थापक वीरेन्द्र प्रधानाङ्ग, सेक्टर ६१ का अध्यक्ष रुपक महर्जनलगायत सक्रिय मानवअधिकारकर्मीहरुको उपस्थिति रहेको थियो ।

“अधिकारका लागि लेखौँ, अरूलाई बाधा नपुऱ्याई आफ्नो अधिकारको लागि लडौँ” भन्ने मूल नाराका साथ कार्यक्रम अघि बढाइएको थियो । मानवअधिकारकर्मीहरूले स्थानीय जनतासँगको सहकार्यमा आफ्ना अधिकारका बारेमा सचेत हुन, समुदायमा आयोजना गर्न सकिने र प्रस्तुत गर्न सकिने विभिन्न कार्यक्रमहरू, मानव अधिकार व्यवस्थापनमा कोभिडको प्रभाव, मानवअधिकारको परिदृश्यलगायत विषयमा आफ्ना सुझावहरू राखेका थिए । समूहले मानवअधिकारका विषयमा फलदायी नतिजासहित साधारणसभा  सफलतापूर्वक सम्पन्न गरेकाे छ ।

यस बैठकले आफ्ना उपस्थित मानवअधिकारकर्मीहरूलाई मानवअधिकारसम्बन्धी प्रोटोकल र कार्यक्रमहरूको सक्रियतापूर्वक पालना गर्न र जनसमुदायका सचेत गराउन प्रोत्साहन गरेको छ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.