तलब खान नपाएपछि शिक्षकहरू नगरपालिका कार्यालयमा ः के हाे त कारण ?

गाेरखा, पुस २९

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीमा रहेकाे जीवन ज्याेति माध्यमिक विद्यालयका शिक्षकहरू ३ महिनाकाे तलब खान नपाएपछि नगरपालिका कार्यालय पुगेका छन् ।

नगरपालिकाले त्रैमासिक रूपमा शिक्षकहरूलाइ तलब दिने निर्णय गरी तलब बिद्यालयकाे खातामा राखिसकेकाे छ । तर जीवन ज्याेति माध्यमिक बिद्यालयमा कार्यरत शिक्षकहरूकाे खातामा भने तलब पाेष्टिङ हुन सकेन ।

नगरपालिकाकाे कार्यालयमा नगर शिक्षा कार्यालयले साे बिद्यालयका प्रधानाध्यापक तथा लेखा कर्मचारीसँग केही समय अघि स्पष्टीकरण माग गरेकेा थियाे । जसमा उहाँहरूले स्पष्टीकरण नदिएका कारण प्र.अ. र लेखा कर्मचारी दुवैकाे नाममा सचेत पत्र पठाएकाे र लेखा कर्मचारीकाे नामबाट खाता सञ्चालन बन्द गरिएकाे छ । जसका कारण बिद्यालयले शिक्षक कर्मचारीहरूलाइ तलब खुवाउन सकेन ।

लेखा कर्मचारीमाथि नगरपालिकाले गरेकाे कारबाही फिर्ता गरी  बिद्यालयका शिक्षकहरूलाइ ७ दिनभित्र तलब खाने व्यवस्था मिलाउन अनुराेध गर्दै शिक्षा शाखा प्रमुख बाबुराम काराखेतीलाइ पत्र बुझाइएकाे छ ।

कार्वाही गर्नुअघि अन्तिम माैकासमेत नदिइएकाे र खाता सञ्चालनमा समेत बाधा पुर्याएका कारण असहज परिस्थिति उत्पन्न भएकाे बिद्यालयका प्रधानाध्यापक बद्री बहादुर पाण्डेकाे रहेकाे छ । प्र अ पाण्डेले अाफूमाथि गरिएकाे कारवाही शिक्षा नियमावलि बिपरित भएकाे अाराेपसमेत लगाउनुभएकाे छ । उता शिक्षा शाखा प्रमुख बाबुराम काराखेती भने बारम्बार स्पष्टीकरण माग गर्दा समेत कार्यालयलाइ अटेर गरेका कारण कारवाही गर्न बाध्य भएकाे बताउनुहुन्छ । साथै खाता सञ्चालनकाे लागि लेखा कर्मचारीकाे सट्टामा अर्काे एकजना स्थायी शिक्षककाे नाममा खाता सञ्चालन गर्न समेत पत्राचार गरिसकेकाे बताउनुभएकाे छ ।

शिक्षक कर्मचारीकाे तलब खाने व्यवस्थाकाे माग गरी अाज नगरपालिका कार्यालयमै पुगी शिक्षा शाखा प्रमुख काराखेती र जीवन ज्याेति माध्यमिक बिद्यालयका शिक्षाक कर्मचारीहरूका बीच छलफल भएकाे थियाे । छलफलमा एकिकृत अखिल नेपाल शिक्षक संगठन अध्यक्ष टेक बहादुरअधिकारी, नेकपा माअाेबादी केन्द्रका बिबश चिन्तन, मदन देवकाेटा, अाशिश देवकाेटा लगायतकाकाे समेत उपस्थिति रहेकाे थियाे।

उक्त बिद्यालयमा ३२ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन भने करिब ९०० बिद्यार्थी अध्ययनरत छन्।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.