विकट गाउँमा पहिलो पटक मोवाईल सेवा पुगेपछि स्थानीय हर्षित ।

थम्मन थापा
कात्तिक २८ बागलुङ

हिमाल पारीको जिल्ला मुस्ताङ पर्यटकीय र धार्मिक महत्व बोकेको जिल्लाको रुपमा चिरपरिचित छ । त्यहाँ पुग्ने जो कोहिलाई स्वर्गको अनुभुति हुन्छ र प्रकृतिको मनोरम दृश्य सँगै हिमालय श्रृङखलाले मनै लोभ्याउने गर्दछ । गुफा, धार्मिक स्थल, पर्यटकीय गन्तव्यहरुमा आनन्द लिन त्यहाँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्दछन ।

अहिलेको जमाना प्रविधिमय अर्थात डिजिटल युगको हो हरेक मानिसको हातहातमा अहिले मोवाईल सजिलै देख्न सकिन्छ । ईन्टरनेटको माध्ययमबाट सजिलै मानिसले अहिले आफना कुराहरु क्षणभरमै विश्वर पुर्याउँछ ।

नेपाल टेलिकमले डिजिटल नेपाल निर्माण गर्न आफनो सेवा विस्तार र स्तरोन्नती कार्यलाई निकै तीव्र रुपमा अगाडी बढाईरहेको छ । सेवा नपुगेको ठाउँमा सेवा विस्तार गर्ने र सञ्चालन भएका ठाउँमा आवश्यकता अनुरुप सेवाको समय सापेक्ष स्तरोन्नती टेलिकमले गरिरहेको छ ।

नेपाल टेलिकमले जिल्लाका मानिसको बस्ती भएका अधिकांश स्थानमा मोवाईल सेवा पुराएको छ । आफनो सेवा विस्तार गर्ने सन्दर्भमा टेलिकमले पहिलो पटक लोमान्थाङ गाउँपालिका वडा नं २ न्यानोलमा बिटियस टावर निर्माण गरेर थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ । त्यहाँ पुग्ने पर्यटक र स्थानियबासीलाई मध्यनजर गर्दै टेलिकमले एकसाथ भ्वाईस र डाटा मार्फत आफनो सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए ।

मुस्ताङ आफैमा पर्यटकीय र धार्मिक महत्व बोकेको ठाउँ भएको हुँदा त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक सँगै स्थानियबासीको दैनिकीलाई मोवाईल सेवाले सहजता प्रदान गर्ने शर्माले बताए । शर्माले भनें “यसभन्दा अगाडी त्यस स्थानमा कुनै पनि मोवाईल सेवा थिएन त्यहाँका स्थानियबासी सञ्चारको पहुँचमा नहुँदा उहाँहरुले कठिनाई भोग्दै आउनु भएको थियो । अब मोवाईल सेवा सञ्चालनमा आएसँगै सहजता भएको छ ।

भौगोलिक विकटता, उपकरणहरु पुर्याउन निकै कठिन परिस्थितीको सामना गर्दै स्थानिय सँगको समन्वयमा सेवा पुराउन सफल भएको उनको भनाई छ । टेलिकमले निकट भविष्यमा चौंथो पुस्ताको उच्च गतिको ईन्टरनेट सहित गुणस्तरीय आवाज उपलब्ध हुने फोर जी मोवाईल सेवा पुराउने गृहकार्य गरिरहेको जनाएको छ ।

टेलिकमले ग्रामीण र दुरदराजका बस्तीमा आफनो सेवा विस्तार गर्ने योजना अनुरुप उक्त स्थानबाट पहिलो पटक सेवा सुचारु गरिएको टेलिकमले बताएको छ ।

अहिलेसम्म यो क्षेत्रमा कुनै पनि मोवाईल सेवा थिएन फोन गर्न लोमान्थाङ बजार पुग्नु पर्ने बाध्यता थियो, हामीलाई गाउँपालिकाका हरेक कामकाजमा समेत निकै समस्या थियो, अब भनें सुविधा भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्ण विष्टले बताए ।

“न्यानोलमा रहेको मोवाईल टावरमा अहिले पनि विद्युत सेवा छैन टेलिकमले सोलार सेट जडान गरेर सेवा सञ्चालन गरेको छ, हामीले नेपाल विद्युत प्राधिकरण सँग आवश्यक समन्वय गरेर विद्युत लाईन विस्तार गरिरहेका छौं, छिट्टै गाउँपालिकामा रहेका सबै मोवाईल टावरहरुमा केन्द्रिय विद्युत पुराउँदै छौं” अध्यक्ष विष्टले भनें । मोवाईल सेवा नहुँदा यहाँका नागरिक र पर्यटकको समस्यालाई मध्यनजर गरेर हामीले नेपाल टेलिकम सँग समन्वय गरेका थियौं ।

भौगोलिक विकटता र अनेकौं समस्याका बाबजुत टेलिकमले स्थानिय तह, नागरिक सँग सहकार्य गरि सेवा सञ्चालन गरेको लोमान्थाङ गाउँपालिका वडा नं २ का वडा अध्यक्ष नगवाङ छेतु गुरुङले बताए । मोवाईल सेवा सञ्चालनमा आएपछि लोमान्थाङ गाउँपालिकाको वडा नं १ का ६० र वडा नं २ का ९० घरधुरी प्रत्यक्ष रुपमा लाभान्वित भएका छन । यो सँगै कालीगण्डकी करिडोर हुँदै उत्तरी छिमेकी देश चीनसँग जोडिएको कोरला नाका पुग्ने नागरिक भ्वाईस र थ्रीजी मोवाईल डाटा मार्फत सहजै ईन्टरनेटको पहुँचमा जोडिएको वडा अध्यक्ष गुरुङले जानकारी दिए ।

समुद्री सतह देखि ३ हजार ८ सय मिटरको उचाईमा टेलिकमले टावर निर्माण गरेर सेवा उपलब्ध गराएपछि यहाँका नामछिउ, धारसा, आरका, धिउक, सैतङ, ढाक्या, झोङकेप, मिठु गाउँ मोवाईलको पहुँचमा आएका छन । त्यस्तै पर्यटकीय गन्तव्यहरु झोङ गुफा, छोसेर गुफा र न्यानोल भएर जाने पर्यटक समेत मोवाईल सेवामा जोडिएको स्थानिय समाजसेवी सोनाम टाई गुरुङले बताए ।

मोवाईल सेवालाई नागरिक समक्ष सहज रुपमा उपलब्ध गराउँदै सेवा प्रवाह गर्न आफनो सेवा विस्तार, सँगै गुणस्तरिय सेवा उपलब्ध गराउन टेलिकमले विस्तार कार्यलाई तिव्रता दिएको छ ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.