तनहुँकाे बन्दिपुर गापाद्वारा शुभकामना कार्यक्रम

शुभ दिपावली , छठ र नेपाल संबतकाे पावन अबशरमा तनहुँकाे बन्दिपुर गापाद्वारा डुम्रे बजारमा शुभकामना आदान-प्रदान कार्यक्रम गरिएकाे छ । कार्यक्रममा गापाका अध्यक्ष पूर्णसिंह थापाले समृद्ध बन्दिपुर निर्माणका लागि २० वर्षिय गुरुयाेजनाले मार्ग चित्र गरे अनुसार काम गर्न सके भा्ेलीकाे बन्दिपुरले काँचुली फेर्ने बताउनु भएकाे छ । उहाँले जनताकाे चाहना अनुसार काम गर्न गापाले काम गरिरहेकाे भन्दै स्वास्थ,शिक्षा, कृषि र पर्यटनको क्षेत्रलाई विशेष जाेड दिईएकाे पनि बताउनु भएकाे छ ।
गापाकी उपाध्यक्ष करुणा गुरुङले पालिकामा आउने बिकास बजेट थाेरै हुने गरेकाे भए पनि बन्दिपुरले विगत साँढे ४ वर्षको अबधिमा थुप्रै काम सम्पन्न गरेकाले आँफुलाई आत्म सन्तुष्टि मिलेकाे बताउनु भयाे । शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली काँग्रेशका महासमिति सदस्य रामचन्द्र अधिकारी , नेकपा माओवादीकि गीता शाही,ईश्वर गाैली, समाजसेवी घनश्याम श्रेष्ठ देवान, तनहुँ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मानकाजी श्रेष्ठ, डुम्रे ईकाइ उपसभापति हेमलाल भिके, महिला नेतृ सरिता पिया, नेवा पुचका राजु श्रेष्ठ लगाएतकाले बिकासका लागि राजनिती र ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर कुनै आग्रह पुर्वाग्रह नराखी काम गर्नु पर्नेमा जाेड दिनु भयाे ।
वडा नं. १ का वडाअध्यक्ष भानुभक्त पाेख्रेलले सहजीकरण गर्नु भएकाे कार्यक्रममा गापाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले गापाले आर्थिक वर्ष २०७७/०७८ मा गरेका कार्य प्रगति र भावी याेजनाका बारेमा जानकारी गराउनु भएकाे थियाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.