तनहुँ बारको अध्यक्षमा सुवेदी, समितिमा को को आए ? नामावली सहित हेर्नुहोला ।

तनहुँ १७ चैत्र
नेपाल बार एशोसिएशन तनहँुको मंगलबार सम्पन्न १९ औ अधिवेशनबाट भानुभक्त सुवेदीलाई सर्वसम्वत अध्यक्ष पदमा चयन गरेको छ ।
अध्यक्ष पदका लागि पाँच जना आकाङ्क्षी रहेपनि नेतृत्व लिन सक्षम व्यक्ति रहेको भन्दै मंगलबार सुवेदीलाई सर्वसम्वत अध्यक्ष पदमा चयन गरिएको हो ।
एशोसिएशनको उपाध्यक्ष्मा शरणहरी पन्थ,सचिवमा त्रैलोक्य वाग्ले,सहसचिवमा माधव घिमिरे र कोषाध्यक्षमा हरिमान श्रेष्ठ सर्वसम्वत चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा परशुराम गिरी,कृष्णहरि वाग्ले,ऋषिराम पोख्रेल,अमृतबहादुर नेपाली,शिवराज काफ्ले,डम्बरदेव हड्खले,हरिशचन्द्र अर्याल र इन्द्रा कुमारी थापालाई चयन गरिएको छ ।
त्यसैगरी पार्षदमा केशव भट्टराई,त्रिभुवन श्रेष्ठ,यज्ञबहादुर राना र चन्द्रकान्त वाग्लेलाई चयन गरिएको निवर्तमान एशोसिएशन तनहुँका अध्यक्ष अमृत बहादुर नेपालीले जानकारी दिनुभयो ।

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.