काठमाडौं, फागुन २१–
नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ ।
राष्ट्रियसभा गृहमा भइरहेको कार्यक्रममा सरकारकातर्फबाट वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका वार्ता टोलीका संयोजक प्रकाण्डबीच सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।