गोरखा २६, माघ ।
गोरखामा टिप्परले किचेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको दोकुर्ने भन्ने स्थानमा टिपरले च्याप्दा पाक सुलिकोट ५ ताकुमाझलाकुरीबोट घर भएका ३८ बर्षिय लालबहादुर बरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । दोकुर्नेबाट बाकोट तर्फ बालुवा लिएर जादै गरेको ग १ ख ७५८८ नम्बरको टिपरले झर्ने क्रममा किचेको प्रहरीको भनाइृ छ ।
गएराती करिब ७ बजेको समयमा उत्त दुर्घटना भएको दुर्घटनामा परि गम्भीर घाइते भएका बरामलाई उपचारका लागि गोरखा अस्पतालाई ल्याइएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । आफै चढेको टिप्परबाट झर्ने क्रममा बरामको टिप्प्रको पछाडीको चक्काले शरिरको आधाभाग च्यापेको थियो ।
घटना लगतै जौबारी इलाका प्रहरी कार्यालयबाट पुगेको प्रहरी टोलीले टिपर र चालकलाई नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ ।