गरिमा बचत तथा ऋण सहकारीको नवौं बार्षिक साधारण सभा सम्पन्न ।।

आँबुखैरेनी, २० मंसिर ।
तनहुँको आँबुखैरेनीमा रहेको गरिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं बार्षिक साधारण सभा आज (शनिबार) सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विवेकमान श्रेष्ठको सभापतित्व तथा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाको प्रमुख आथित्यतामा सो साधारण सभा सम्पन्न भएको हो । माई छिम्केश्वरी पार्टी प्यालेसमा सम्पन्न साधारण सभामा संस्थाका उपाध्यक्ष भगवान श्रेष्ठले संस्थाको गत आर्थिक बर्ष ०७६÷०७७ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष श्रेष्ठले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुर्दै आर्थिक वर्ष ०७६÷०७७ मा संस्थाले रु. १३ लाख ८८ हजार ४ सय ६९ रुपैंया ८२ पैंसा मुनाफा गर्न सफल भएको जानकारी दिनुभएको छ । यस्तै, आर्थिक बर्ष ०७६÷०७७ सम्म, संस्थाको शेयर पूँजी १ करोेड १ लाख ६२ हजार १ सय रुपैंया, कूल निक्षेप रु. १० करोड ७ लाख ६१ हजार ९ सय ५९ रुपैंया ८० पैंसा र कर्जा लगानी रु. ८ करोड ११ लाख ३४ हजार ५ सय २१ रुपैंया २२ पैंसा रहेको बार्षिक प्रतिवेदनमा प्रस्तुत गरिएको छ । साधारण सभामा संस्थाका कोषाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, सचिव रामकृष्ण श्रेष्ठ, अडिटर भवदत्त शर्मा, सदस्य विनय श्रेष्ठ, सदस्य राजु थापा, सदस्य सुमन श्रेष्ठ, सदस्य राम विनय रौनियार, सदस्य पूर्णमाया श्रेष्ठ लगाएतको सहभागिता रहेको सहकारीका व्यवस्थापक सरोज पन्थले जानकारी दिनुभएको छ । यस सहकारीले स्थानीय स्तरको सामाजिक कार्यहरु जस्तै ः कला, संस्कृति, शिक्षा, साहित्य, खेलकुद क्षेत्रको विकासमा विभिन्न सहयोग गर्दै आइरहेको छ ।
Facebook Comments Box
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.