महरा पत्नीकाे निधनप्रति प्रधानमन्त्री अाेली र प्रचण्डद्वारा समवेदना व्यक्त

१९ कात्तिक, काठमाडौं ।

नेपाल सरकारका पूर्व सभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराकाे निधनप्रति प्रधानमन्त्री के.पी. शर्मा वली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले समबेदना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सीताकाे निधनबाट अत्यन्त दुःख लागेको बताएका छन् । उनले सीताप्रति श्रद्धाञ्जलि अर्पण गर्दै महरा परिवारमा समवेदना व्यक्त गर्नुभएकाे छ ।

प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्, ‘प्रतिनिधिसभाका सदस्य एवं पूर्वसभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दुःख लागेको छ । म दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै पूर्वसभामुख महराजी सहित शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

यसैगरी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सीता महराको निधनबाट आफू मर्माहत भएको बताउनुभएकाे छ। अध्यक्ष प्रचण्डले आज शोक वक्तव्य जारी गर्दै दिवंगत सीता महराप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गर्नुभएकाे छ ।

प्रचण्डले असल, सरल, मृदुभाषी र जनताका बीच चाँडै घुलमिल गर्न सक्ने क्षमताकी धनी सीताले तत्कालीन ने.क.पा. (माओवादी)द्वारा सञ्चालिन १० वर्षे महान् जनयुद्धमा सक्रिय रुपमा पार्टीका विभिन्न कमिटीहरुमा रही आफ्नो भूमिका निर्वाह गरेको स्मरणसमेत गर्नुभएकाे छ ।

महरा पत्नीको आज बिहान काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको छ । लामो समयदेखि माइस्थेनिया नामक रोगबाट पीडित सीतामा निमोनियासमेत देखिएपछि यही कात्तिक १४ गतेदेखि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.