रियललाई अग्रता, बार्सिलोना ओसासुनासँग पछाडी

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत ३७ औं चरणका ९ खेलहरु एकसाथ संचालन भइरहेका छन् । पहिलो हाफको खेल सकिँदा लिगको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले अग्रता लिँदा दोस्रो स्थानको बार्सिलोना पछाडी परेको छ ।

रियल म्याड्रिडले घरेलु मैदानमा भिल्लारियलविरुद्ध १-० को अग्रता लिएको छ । खलेको २९ औं मिनेटमा करीम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका हुन् । सिजनको २० औं गोल गर्ने क्रममा बेन्जेमाले लुका मोड्रीचको पासलाई सदुपयोग गरेका थिए ।

रियलले बल पोसेसनमा बलियो पकड बनाउँदै लगातार एकतर्फी आक्रमण गरिरहेको छ । कोरोनापछि लिग सुचारु भएयता छैटौं गोल गरेका बेन्जेमाले गोलरक्षक सर्जियो असेन्जोलाई पटक पटक समस्या दिइरहेका छन् ।

यता अर्को खेलमा बार्सिलोना घरेलु मैदान क्याम्प नोउमा ओसासुनासँग १-० ले पछि परेको छ । खेलको १६ औं मिनेटमा जोसे अर्नाइजले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका हुन् । उनले पेर्भिस एस्तुपिएनको पासलाई सदुपयोग गरेका थिए ।

बार्सिलोनाले खेलमा फर्कने प्रयास जारी राखेपनि बराबरी गोल गर्न सकिरहेको छैन । कप्तान लिओनेल मेस्सी फ्रिकिकमा गोल गर्न नजिक पुग्दा गोलरक्षक सर्जियो हरेराले उत्कृष्ट बचाउ गरेका थिए । बार्सिलोनाले दुई तिहाइभन्दा बढी समय बल पोसेसन बनाएपनि गोल गर्न सकेको छैन ।

दुवै नतिजा यसै अवस्थामा रहे रियल म्याड्रिड ७ अंकको अग्रतासहित लिग च्याम्पियन बन्नेछ । यता बार्सिलोनाले उपाधि होडलाई अन्तिम खेलसम्म लम्ब्याउन दुवै खेलको नतिजा उल्टनुपर्ने अवस्था छ ।

पहिलो हाफमा अन्य नतिजा :

एथ्लेटिक बिल्बाओ ०-० लेगानेस

बार्सिलोना ०-१ ओसासुना

सेल्टा भिगो २-२ लेभान्ते

गेटाफे ०-० एटलेटिको म्याड्रिड

मालोर्का १-१ ग्रानडा

रियल बेटिस ०-० अलाभेस

रियल म्याड्रिड १-० भिल्लारियल

रियल सोसीडाड ०-० सेभिल्ला

भ्यालेन्सिया १-० एस्पान्योल

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.